बिहिबार , जेठ १६, २०८२

बलिउड अभिनेता सलमान खान चाँडै साउथ सुपरस्टार चिरञ्जीवीसँग साउथ फिल्म ‘गडफादर’मा देखिँदैछन् । यसमा उनको केमियो भूमिका छ । चिरञ्जीवीसँगको घनिष्ट मित्रताका कारण उनी यो फिल्ममा काम गर्न तयार भएका हुन् । जब मित्रता निभाउने कुरा आउँछ तब बलिउडमा सलमानभन्दा राम्रो साथी अरु हुन सक्दैन । र, यसपटक फेरि उनले यो कुरा सावित गरेका छन् ।

सलमानले ‘गडफादर’मा आफ्नो स्पेशल केमियोका लागि छायांकन सुरु गरिसकेका छन् । तर, उनले यो फिल्ममा काम गर्न पारिश्रमिक लिएका छैनन् । केमियोका लागि फिल्मका निर्माताले सलमानलाई २० करोडसम्म दिने तयारी गरेका थिए । तर, सलमानले पारिश्रमिक लिन ठाडै अस्वीकार गरे । उनले आफूलाई पारिश्रमिक दिए फिल्ममा कामै नगर्ने अडान कसेका थिए ।

सलमानले पारिश्रमिकको विषयमा चिरञ्जीवीसँग भनेको कुरा उदृत गर्दै स्रोतले भनेको छ, ‘यदी मैले मेरो फिल्ममा एक स्पेशल केमियो गर्न आग्रह गरे भने तपाईं पारिश्रमिक लिनु हुन्छ ?’ सलमानको यो कुराले चिरञ्जीवी निशब्द भएको भारतीय मिडियाले उल्लख गरेका छन् । ‘गडफादर’मा सलमानको २० मिनेटको रोल रहेको र एक हप्तासम्म मुम्बईमा छायांकन हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP