बुधबार , असार २४, २०८३

एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न तनहुँ जिल्ला अदालतले तनहुँ प्रहरी कार्यालयलाई अनुमति दिएको छ । शुक्रवार शाहलाई प्रहरीले म्याद थप गर्नका लागि अदालत पेश गरेको थियो । प्रहरीले अझै अनुसन्धान नसकिएको भन्दै म्याद बढाउन गरेको निवेदनलाई जिल्ला अदालतले सदर गरेको हो ।

यसअघि तनहुँ अदालतले पहिलो पटक ७ दिन र दोस्रो पटक १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । अदालतले दोस्रो पटक १२ दिन म्याद थप गरेपछि शाहलाई तनहुँबाट अनुसन्धानका लागि नवलपरासी पनि लगिएको थियो । नाबालिगले तनहुँपछि नवलपरासी प्रहरी कार्यालयमा पनि शाहविरुद्ध जबर्जस्ती बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन् ।

नाबालिगले दिएको जाहेरीको आधारमा पल शाहविरुद्ध बिहीवार जिल्ला अदालत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा बलात्कार मुद्दा दर्ता भइसकेको छ । १८ वर्षमुनिका बालिकासँग राजीखुसीमा शारीरिक सम्बन्ध राखे पनि जबर्जस्ती करणी हुने कानुनी व्यवस्था भएकाले १२ देखि १४ वर्ष सजाय माग दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध मुद्धा दर्ता गरेको हो ।

नाबालिगले शाहमाथि ललाई-फकाई गरी पटक-पटक जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् । तर, पलले भने प्रहरीसँगको बयानमा नाबालिगसँग न प्रेम सम्बन्ध न शारीरिक सम्बन्ध राखेको बताएका छन् । यद्यपि, जिल्ला अदालत नवलपुरमा दायर भएको अभियोग पत्रमा रहेको उनको बयानमा उनले नवलपरासीको रिसोर्टमा साढे ११ बजे नाबालिगको कोठामा गएको स्वीकारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP