मंगलबार , असार २३, २०८३

रकडेल ब्वाइज र कमेरो इभेन्ट्सको आयोजनामा आगामी शनिबार ‘सिड्नी होली फेस्टिभल’ आयोजना हुने भएको छ।

होली मेला मार्च १९ तारिखका दिन सिड्नीको मेरिल्याण्डस पार्कमा आयोजना हुन लागेको हो।

सिड्नी होली फेस्टिभलमा नेपाली गीत संगीत क्षेत्रका हस्तीहरू कालीप्रसाद बाँसकोटा, प्रकाश सपुत, ओसिन सिटौला, सुशान्त ठूले र डिजे नटकेसलगायतका कालाकर्मीले विभिन्न प्रस्तुतिहरू प्रस्तुत हुने आयोजक समितिका शितल खाँडले बताए।

करिब दुई वर्षपछि सिड्नीमा हुन लागेको यो कार्यक्रमबाट सिड्नीबासी नेपालीहरूले भरपूर मनोरन्जन प्राप्त गर्न सक्ने उनले सुनाए।

‘प्रवासमा रहने नेपालीलाई एउटै थलोमा जमघट गराएर आपसी माया र सदभाव साट्नुका साथै नेपाली संस्कृतीको जर्गेना गर्नु कार्यक्रमको उद्देश्य हो’, आयोजक रकडेल व्बाइजका शितलले भने।

हिमाअस एजुकेशन मुख्य प्रायोजक रहेको सिड्नी होली मेला सम्पूर्ण नेपालीको चाड भएकोले सहभागिताको लागिसमेत उनले आग्रह गरे।

नेपाली रिती रिवाज र परम्परालाई विदेशमा रहने नयाँ पुस्तामासमेत हस्तान्तरण हुने हुनाले यस्ता पर्वहरू निकै महत्वपूर्ण रहेको मुख्य आयोजक हिमाअसका कार्यकारी निर्देशक राजमान थकालीलले बताए।
@setopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP