सोमबार , भाद्र १५, २०८३

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले स्थानीय तहको निर्वाचनमा सहभागी हुनपर्ने प्रतिवेदन पेश गरेका छन् । शुक्रबारदेखि कपिलबस्तमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा महासचिव विप्लवले पेश गरेको प्रतिवेदनमा सरकारले घोषणा गरेको स्थानीय तहको चुनावलाई उपयोग गरेर जानु पर्ने उल्लेख गरिएकाे छ ।

नेकपा स्रोतका अनुसार विप्लवले केन्द्रीय सदस्यहरुलाई दिएको प्रतिवेदनमा चुनावलाई उपयोग गरेर जानुपर्ने उल्लेख गरिएको छ । उनले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि शनिबार बस्ने बैठकमा छलफल हुनेछ । नेकपा स्रोतले भन्यो- ‘प्रतिवेदनमा अन्य विषयहरु पनि छन् तर बिशेष निर्वाचनलाई केन्द्र बनाएको छ । बैठकमा त्यसै विषयमा गहन छलफल हुने छ ।’ आजको बैठकमा ६९ जना केन्द्रीय सदस्य र ४ जना सल्लाहकारको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP