बुधबार , जेठ ८, २०८२

काठमाडौं, माघ २५ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस यो हप्ताभित्र सिध्याउनुपर्ने बताएका छन्।
आइतबार सरकारी वकिलको बहस सकिएको छ। त्यसपछि प्रधनमन्त्रीको बचाऊमा निजी अधिवक्ताहरुले बहस सुरु गरेका छन्। सोही क्रममा प्रधानन्यायाधीश जबराले यो हप्ताभित्र सबै मुद्दाको बहस सिध्याउनु पर्ने बताएका हुन्।

अहिलेसम्म महान्यायाधीवक्तासहित ११ जना सरकारी वकिलले प्रतिनिधि सभा विघटनका पक्षमा बहस सकेका छन्। सरकारी वकिलको सकिएसँगै निजी वकिलको बहस सुरु भएको हो।

यसअघि वरिष्ठ अधिवक्ता सुशील पन्तले मात्रै प्रधानमन्त्रीको तर्फबाट बहस गरेका थिए। अहिले अधिवक्ता रमेश बडालले बहस गरिरहेका छन्।

प्रधानमन्त्रीको तर्फबाट १७७ जना कानुन व्यवसायीले वकालतनामा बुझाएका छन्। यीमध्ये सबैले बहस नगर्ने र यो साता प्रधानमन्त्रीको तर्फबाट बहस सकिने बडालले इजलासमा जानकारी दिए।

प्रधानन्यायाधीशले बडाललाई बढीमा ३० मिनेटभित्रमा बहस सक्न भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP