सोमबार , अषोज २६, २०८३

काठमाडौं, माघ २५ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस यो हप्ताभित्र सिध्याउनुपर्ने बताएका छन्।
आइतबार सरकारी वकिलको बहस सकिएको छ। त्यसपछि प्रधनमन्त्रीको बचाऊमा निजी अधिवक्ताहरुले बहस सुरु गरेका छन्। सोही क्रममा प्रधानन्यायाधीश जबराले यो हप्ताभित्र सबै मुद्दाको बहस सिध्याउनु पर्ने बताएका हुन्।

अहिलेसम्म महान्यायाधीवक्तासहित ११ जना सरकारी वकिलले प्रतिनिधि सभा विघटनका पक्षमा बहस सकेका छन्। सरकारी वकिलको सकिएसँगै निजी वकिलको बहस सुरु भएको हो।

यसअघि वरिष्ठ अधिवक्ता सुशील पन्तले मात्रै प्रधानमन्त्रीको तर्फबाट बहस गरेका थिए। अहिले अधिवक्ता रमेश बडालले बहस गरिरहेका छन्।

प्रधानमन्त्रीको तर्फबाट १७७ जना कानुन व्यवसायीले वकालतनामा बुझाएका छन्। यीमध्ये सबैले बहस नगर्ने र यो साता प्रधानमन्त्रीको तर्फबाट बहस सकिने बडालले इजलासमा जानकारी दिए।

प्रधानन्यायाधीशले बडाललाई बढीमा ३० मिनेटभित्रमा बहस सक्न भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP