मंगलबार , बैसाख २९, २०८३

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र आफूले असाध्यै दुःख भोगेको बताएका छन्। शनिबार नुवाकोटको बिदुरमा स्व. नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण कार्यक्रममा प्रचण्डले त्यसको संकेत गरेका हुन्।

इतिहासमा डरलाग्दो दबाब र धम्की आफूले झेलेको भन्दै उनले इतिहास र जनताले सत्य के हो एक दिन मूल्यांकन गर्ने बताए। शान्ति सम्झौता विशेषगरि सेना समायोजनमा आफूले ठूलो जोखिम मोलेको उनले दाबी छ। ‘मैले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भनेको थिएँ, एक दिन पनि ढिलो भयो भने सयौं मानिसको ज्यान जाने खतरा देखेको थिएँ,’ उनले भने, ‘संविधान घोषणा गर्ने बेलामा राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब आएका थिए। संविधान त्यति सजिलै बनेको होइन।’

उनले डा. बाबुराम भट्टराई र मोहन वैद्य किरणले आफूलाई पार्टीभित्र सताएको पनि बताए। ‘डाक्टर र वैद्यको हालत अहिले के छ ? डाक्टर र वैद्यले बेला-बेला सताउँथे। तिनीहरूको सातो खाने पोस्टबहादुर नै थिए। उहाँको निधनले असाधारण क्षति भयो,’ उनले भने।

प्रचण्डले स्व. नेता बोगटीको राजनीतिक निष्ठा र चरित्रका बारेमा चर्चा गरेका थिए। उनको जीवनबाट सबैले राजनीतिक प्रेरणा पाएको बताएका थिए। बोगटीले संविधान बनाउन धेरै भूमिका खेलेको समेत उनले बताए। ‘संविधानसभामा उहाँले संविधान बनाउन धेरै भूमिका खेल्नुभयो। सबैको सहयोग र सहमति जुटाउन सक्ने, संवाद गर्ने क्षमता उहाँमा थियो,’ प्रचण्डले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP