शुक्रबार , भाद्र १२, २०८३

प्रकाश सपुतको नयाँ गीत पीर रिलिज भएको २४ घण्टा पनि नबित्दै वि’वा’दमा तानिएको छ । जनयु’द्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको १६ मिनेट २५ सेकेण्ड लामो गीत यतिबेला युट्युबको ट्रेन्डिङमा रहेको छ ।

तर,गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट यसको चर्को आलो’चना भइरहेको छ । चुनाव नजिकिएको बेलामा माओवादी पार्टीको वि’रो’ध गरेको भनेर केहीले यसको वि’रो’ध गरेका हुन् भने केहीले भने यसले राम्रो कथा तथा सामाजिक अवस्थाको उत्कृष्ट प्रस्तुति गरेको भन्दै प्रंशसा गरेका छन्।

त्यस्तै नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चे’तावनी नै दिएकी छिन् । उनले सर्वाजनिक मा’फी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार ह’र्कत सहेर नबस्ने बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् : महान् जनयु’द्धको कारण केही थान मन्त्रीहरू, माननीयहरू र टाठा बाठाहरूको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रूपमा छ ।

सहिद परिवार बेप’त्ता परिवार ,पूर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखवर भने छैन ।कतिपय प्रयत्न हरू सफल हुन सकेका छैनन् ।

व्यवस्थापनमा केही नभएको भन्ने पनि हाेइन विभिन्न तहमा प्रयत्नहरू भइरहेका पनि छन् तर व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयु’द्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा सं’लग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपूत जी ले युट्युबमा अपलाेड गरिएको पिर नामक भिडियो,

आप’त्तिजनक र नि’न्दनीय छ । जनयुद्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३% प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा प्रकाश जी तपाईंलाई बुझाइरहन पर्ने हो ।

जनयु’द्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातीय विभेद विरु’द्ध पनि ल’डेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयो । तिनै दिदीबहिनीहरु माथि अप’मान हुने गरी बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक मा’फी मागेर त’त्काल युट्युबबाट नह’टाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेता’वनी दिन चाहन्छु ।

त्यस्तै माओवादीका केन्द्रीय सदस्य दीपशिखाले पनि गीतप्रति आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘जब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ नि, उसले बजार हेर्छ र मानिसहरूका भावनाहरूबाट आफैलाई मा’र्छ ।

प्रकाश सपुत एक राम्रा सर्जक हुन् ! व्यापारमा सिर्जना नमारुन् ! पिर’ को परिकल्पनाको समग्र पक्षप्रति राजनीतिक कोण नबनाऊ तर माओवादी जनयुद्ध ल’ड्ने एक महिला छापामारको अभावलाई उनले `देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् – त्यो आप’त्तिजनक मात्रै होइन द’ण्डनीय छ ।

उसो भए सर्जक सपुतलाई मेरो एउटा प्रश्न – अभाव, निराश अनि गरिब महिलाहरूले दे’ह व्यापार नै गर्छन् हो ?’ सायद ती महिलाहरूले नल’डेको भए सपुतहरूले स्वतन्त्र गीतहरूमा निर्ध’क्क सङ्गीत भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे !’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP