शनिबार , बैसाख ६, २०८२

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ । यो सुविधा मे ३१ सम्म चालु रहने कम्पनीले जनाएको छ । इसेवा वालेटका प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफरमार्फत पठाएको आन्तरिक रेमिट्यान्स देशभर रहेका १० हजार बढी भुक्तानी केन्द्र र ५ हजार बढी इसेवाका एजेन्टमार्फत तुरुन्तै प्राप्त गर्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकले प्रति व्यक्ति, प्रति कारोबार, प्रतिदिन २५ हजार रुपैयाँसम्मको मात्र कारोवार गर्न मिल्ने व्यवस्था गरे संगै यो रेमिट्यान्स सेवाले सहज बनाउने कम्पनीले दाबी गरेको छ । त्यस्तै, इसेवाले ३ महिनासम्म हरेक महिना १ जना विजेतालाई एउटा रेडमी९ फोन दिने योजनासमेत ल्याएको छ । त्यसका लागि प्रयोगकर्ताले इसेवा एपको रेमिट्यान्स आइकोनमा क्लिक गरि इसेवा मनी ट्रान्सफरमा गइ तोकिएको विवरण पुरा गरी रेमिट्यान्स पठाउनु पर्ने हुन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP