मंगलबार , अषोज २७, २०८३

सिड्नी/ प्रधानमन्त्री स्कट मोरिसनले केही बेरमा अष्ट्रेलियामा राष्ट्रिय संकट घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।
लगातारको वर्षाले कुइन्सल्याण्ड र न्यु साउथ वेल्समा बाढीले वितण्डा मच्चाएपछि प्रधानमन्त्री मोरिसनले संकट घोषणा गर्ने तयारी गरेको हो । राष्ट्रिय संकट घोषणासंगै प्रधानमन्त्रीलाई संघिय स्रोत साधन प्रयोग गर्न बाटो खुल्ने छ ।

यो निर्णयसंगै प्रधानमन्त्रीले राज्य सरकारको अनुमति बिनै सेना परिचालन गर्न सक्ने बाटो खुल्नेछ । प्रधानमन्त्री मोरिसन र आपतकालिन सेवा व्यवस्थापन मन्त्री ब्रिजेट म्याकेन्जीले संयुक्त रुपमा घोषणाको तयारी गरेको स्थानिय संचारमाध्यमले जनाएका छन् । आज मध्यान्ह न्यु साउथ वेल्सको बाढीग्रस्त क्षेत्र लिजमोर पुगेर घोषणा सार्वजनिक गर्ने तयारी रहेको समेत बुझिएको छ । सन् २०१९ मा डढेलोको समयमा स्रोत र साधनको व्यवस्थापन गर्न प्रधानमन्त्रीले राष्ट्रिय संकटकाल घोषणा गर्नसक्ने व्यवस्था ल्याइएको हो ।

हालसम्म बाढीग्रस्त क्षेत्रमा उद्धार र सफाइका लागि ३ हजार सैनिक परिचालन भइसकेका छन् । बाढी निम्त्याएको संकटसंग जुध्न संघिय सरकारको शैली ढिलासुस्ती भएको भन्दै आलोचना भइरहेकै बखत संकटकाल घोषणा गरि थप स्रोत र साधन परिचालन गर्न लागिएको हो । बाढीले पर्याएको क्षतिपुर्ति गर्न तथा सरसफाइ गर्न मात्रै बिलियन्र्स डलर खर्च हुन अनुमान गरिएको छ ।

@nepaltube
Pic Source SKynews

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP