सोमबार , भाद्र १५, २०८३

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीच हुने बताएका छन् ।

मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीच हुने बताएका हुन् ।

उनले सत्य र असत्यको लडाईं बेलाबेलामा हुने गरेको दृष्टान्त दिँदै आजको सत्य र असत्यको बीचको लडाइँ परमादेशी र जनादेशी बीचको लडाइँ भएको बताए । अध्यक्ष ओलीले नेकपा एमाले जनताको अभिमतबाट जनताको पक्षमा लड्ने पार्टी भएको पनि बताए ।

‘आजको सत्य र असत्यको लडाईं समय समयमा हुन्छ, कहिले रावण र रामका बीचमा हुन्छ । कहिले पाण्डव र कौरवका बीचमा हुन्छ । कहिले कृष्ण र कंशका रुपमा हुन्छ । अनेक रुपमा सत्य र असत्यका बीचमा लडाईं हुन्छ ।’ अध्यक्ष ओलीले भने, ‘आजको सत्य र असत्यको बीचको लडाइँ परमादेशी र जनादेशीका बीचमा भएको लडाइँ हो । असत्यको प्रतिकको लडाईं भनेको परामादेशी शक्तिहरु हुन् । जनादेशको पक्षमा रहेका जनादेशमा जाने जनताको अभिमतबाट अघि बढ्न खोज्ने हामी जनताको पक्षमा लडिरहेका छौँ ।’

अध्यक्ष ओलीले राजनीतिक मैदानका सर्वश्रेष्ट सिद्धान्तबाट हामी नेकपा एमाले अघि बढ्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP