मंगलबार , बैसाख २९, २०८३

उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका एक नेपाली विद्यार्थी मृत फेला परेका छन्।

काठमाडौं गल्फुटारका सुजन बस्नेत दुई अस्ट्रेलिया आएको दुई महिना पनि भएको थिए। उनी अर्वनस्थित आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।

वेन्टवर्थ इन्सिच्यूटमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आएका उनी कलेजसमेत जान पाएका थिएनन्।

सुजनलाई अष्ट्रेलिया आउनेबित्तिकै एनआरएन न्यु साउथवेल्सका सल्लाहकार सन्तोष श्रेष्ठले आफैंसँग पन्ध्र दिन राखेका थिए।

काम पाएपछि उनी अर्वन सरेका थिए।

आफैंले एयरपोर्टबाट पिकअप गरेर घरमा राखेको व्यक्तिको यस्तो खबर सुन्नुपर्दा निकै पीडा भएको सन्तोषले बताए।

‘मैले नै उनलाई विमानस्थलबाट ल्याएर घरमा राखेको थिएँ, राम्रो र आकर्षक ब्यक्तित्वका धनी थिए’, उनलेभ भने, ‘केही दिनमा काम पाएपछि उनी मेरो घरबाट अर्वन सरेका थिए। आज यस्तो दुःखद खबर सुन्नुपर्दा निकै पीडा महसुस भएको छ’, सन्तोषले भने।

जनवरी १७ मा उच्च शिक्षा अध्ययनका लागि नेपालबाट अस्ट्रेलिया आएका सुजनको यो घटनाक्रमले एक पटक फेरि नेपाली समुदायले तरंगित पारिदिएको छ।

‘उज्वल भविष्यको कल्पना गरेर विदेशमा अध्ययनका लागि पठाएका छोरा छोरीको पढाइ सुरू नहुँदै मृत्युको यस्तो दुखद खबर सुन्नुपर्दा अभिभावकलाई कस्तो बज्रपात पर्‍यो होला?’, सन्तोषले सेतोपाटीसँग भने।

मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धानको लागि उनको शव लिडकमस्थित शवगृहमा राखेको छ।

यसरी एउटा नेपाली युवाले अस्ट्रेलियामा पढाइ सुरू नगर्दै मृत्युवरण गरेको घटनाले निकै दुःखी बनाएको एनआरएन न्यु साउथवेल्सका सचिव विनोद कुँवरले बताए।

‘हामीले सकेसम्म नेपाली विद्यार्थीको हक हितमा काम गर्ने प्रयास गरिरहेका छौं। तर पनि यसरी दुःखद घटना घटनु नेपाली समाजको लागि पीडादायक विषय हो’, विनोदले भने।

उनले सुजनको शवलाई नेपाल पठाउन आफूहरूले सहयोग संकलनसमेत सुरू गरेको जानकारी दिए।

‘मैले काम लगाइदिएको थिएँ। तर घटना घटनु एक दिन अघिदेखि उनी काममा गएका रहेनछन्’, एनआरएन एनएसडब्लु सदस्य सागर रिजालले भने।

उनले भर्खर पढाइका लागि नयाँ ल्यापटप किनेर ल्याएको सागरले सम्झना गरे। ‘यो हाम्रो नयाँ पुस्ताको लागि एउटा दुःखद खबर हो’, उनले भने।

एनआरएन एनएसडब्लुका युवा संयोजक विक्रम दाहालले यस्ता खाले दुघर्टनाले नेपाली समाजलाई फरक र अलग पीडादायक सन्देश प्रवाह गरेको बताए।

‘हामीले आफैं छोरारीलाई विदेश पठाउनुअघि निकै विषयमा ध्यान दिन जरूरी हुन्छ, किनभने यताको वातावरण र अवस्थाका बारेमा नबुझिकन घरमा पुलपुलिएर हुर्केका युवालाई विदेश पठाउँदा कहिलेकाही गम्भीर दुर्घटना घट्नसक्छ’, दाहालले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP