शुक्रबार , जेठ ३१, २०८२

आगामी चुनावमा कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने बताउँदै आएका नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रचण्ड, माधवकुमार नेपाल र रामचन्द्र पौडेलजस्ता नेताहरूलाई चुनाव जिताउनुपर्ने बताएका छन् ।

पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन गृह जिल्ला आएका काँग्रेस नेता कोइरालाले आफ्नै निवासमा रातोपाटीसँग कुरा गर्दै प्रचण्ड माधव नेपाल लगायतका नेताहरूलाई चुनाव जिताउनुपर्ने बताए । तर, ठूला नेताहरूलाई जिताउनुपर्ने बताउँदै उनले प्रतिशतका आधारमा सिटहरू बाँडेर कम्युनिस्ट र काँग्रेसबीच गठबन्धन भने गर्न नहुने आफ्नो पुरानै अडान दोहोर्‍याए ।

गठबन्धनको विरोध गर्दै डा. कोइरालाले भने, ‘त्यसमा म अहिले पनि अडिग छु । किनभने नेपाली काँग्रेसका कार्यकर्ताले बरु कम्युनिष्टलाई मन नपराई नपराई पनि भोट हाल्छन् । तर, एउटा कम्युनिस्टले नेपाली काँग्रेसलाई भोट हालेको छ ? हाल्दैन ।

गठबन्धन नभए पनि ठूला नेताहरूलाई चुनाव जिताएर संसद्‍मा ल्याउनुपर्ने बताउँदै डा. कोइरालाले रातोपाटीसँग भने, ‘अब गठबन्धन गरेनौँ भने पनि प्रचण्डलाई ल्याउने जिम्मा त हामीले ल्याउनु पर्छ नि । जहाँबाट होस् । गठबन्धन बनेन भने पनि सिनियर लिडरहरू हाउसमा आउनु पर्‍यो ।’

काँग्रेसका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापासँगै तीन दिनअघि विराटनगरको एक कार्यक्रममा सहभागी भएका डा. कोइराला अहिले बिराटनगरमै छन् । आगामी वैशाख ३० मा हुने स्थानीय चुनावको रणनीति बनाउन गृह जिल्लामा रहेका कोइरालासँग रातोपाटीले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छ ।

तपाई केही दिनयता विराटनगरमै हुनुहुन्छ । निर्वाचनको तयारीका लागि हो ?

निर्वाचनको तयारी त हुने नै भयो । विराटनगर महानगर समितिले मेरो प्रमुख आतिथ्यमा कार्यक्रम गरेको थियो । हामीले सबै ग्रुपलाई बोलाएका थियौँ । यो ग्रुप, त्यो ग्रुप भन्ने थिएन । यस सन्दर्भमा चुनावलाई लिएर मानिसहरूसँग भेटघाट त हुने नै भयो नि ।

महानगरको मेयर र उपमेयर मात्रै हो केन्द्रले बाँड्ने । त्यसको वडाको पनि तल्लो तहबाटै बाँडिन्छ । त्यसकारण धेरै चिन्ता लिनुपर्ने अवस्था छैन । संघमा हामी पनि हुन्छौँ । जिल्लामा प्रदेशमा पनि हुन्छौँ । सम्झाइरहेको छु, साथीहरूलाई धेरै चिन्ता नगर ।

आफ्नो निकटका उम्मेदवारहरुलाई टिकट दिन आउनुभएको हो कि ?

अहिले मैले के भनिरहेको छु भने पहिले उम्मेदवार बन्नेहरूले होमवर्क गर्नुपर्‍यो । अहिले नै टिकट चाहियो भन्दा अरूले पनि टिकट किन नपाउने भन्ने त हुन्छ नि । हाम्रा मान्छेलाई के चिन्ता छ भने हामीले महाधिवेशनमा हारेको कारण असुरक्षित हुने हो कि ? । तर, नेपाली काँग्रेस त्यसरी चल्दैन । मैले त्यस्तो मनोविज्ञानलाई हटाउने काम गरिराखेको छु ।

महाधिवेशनमा तपाईंको समूह हारेको कारण शेरबहादुर देउवा पक्षबाट टिकटमा एकलौटी हुने खतरा छ कि छैन ? तपाईंका समर्थकलाई बाइपास हुने खतरा कत्तिको छ ?

अलिअलि त त्यस्तो फिलिङ हुनु स्वाभाविक हो । तर, नेपाली काँग्रेस त्यसरी चल्दैन । नेपाली काँग्रेसको टिकट बाँड्ने सिस्टम के छ भने प्रतिनिधिसभा क्षेत्रीय समितिले वडाको टिकट बाँड्छ । गाउँपालिकाको टिकट जिल्ला कार्य समितिले बाँड्छ । नगरपालिकाको टिकट प्रदेश समितिले बाँड्छ । महानगरपालिका र उपमहानगरपालिकाको टिकट केन्द्रले टिकट बाँड्छ ।

महानगरको मेयर र उपमेयर मात्रै हो केन्द्रले बाँड्ने । त्यसको वडाको पनि तल्लो तहबाटै बाँडिन्छ । त्यसकारण धेरै चिन्ता लिनुपर्ने अवस्था छैन । संघमा हामी पनि हुन्छौँ । जिल्लामा प्रदेशमा पनि हुन्छौँ । सम्झाइरहेको छु, साथीहरूलाई धेरै चिन्ता नगर ।

फेरि, टिकट जसले दिन्छ हामीजस्ता त हामी आफू पनि उठ्दैछौँ नि त संघमा, प्रदेशमा । त्यसकारण हामीले आफ्नो पनि त हेर्नुपर्‍यो नि । मिलाएरै दिइएन भने त फेरि जित्दैन नि । यसपटक नेपाली काँग्रेसले स्थानीय तहमा धेरै राम्रो गर्नुपर्ने छ । गर्छजस्तो लाग्छ मलाई । त्यो राम्रो कामले संघ र प्रदेशमा पनि राम्ररी प्रभाव पार्छ जस्तो लाग्छ । यसपालिको टिकट वितरण वैज्ञानिक गर्छौँ । धेरै झगडा नगरौँ, हामीबीचमा तिक्तता पनि छैन । अधिवेशन सकियो । तिक्ततालाई एक ठाउँमा राखौं । मैले पनि सभापतिज्यूसँग कुरा भइरहेको छ ।

म अहिले पनि अडिग छु । किनभने नेपाली काँग्रेसका कार्यकर्ताले बरु कम्युनिष्टलाई मन नपराई नपराई पनि भोट हाल्छन् । तर, कम्युनिस्टले काँग्रेसलाई हाल्दैनन् ।

तर, शंका उपशंका चाहिं हुन्छ कि हुँदैन ? तपाई यसरी जिल्लामा आउँदा शेखरले के के गर्न आँट्यो भनेर अर्को पक्षले शंकाको दृष्टिले हेर्दैन ?

त्यो पनि अलिअलि त होला । तर, म त जिल्ला जिल्लामा दौडिरहेको छु नि । काम त गर्नै पर्‍यो नि ।

तपाईले चुनावमा कम्युनिस्टहरूसँग गठबन्धन गर्न हुँदैन भन्दै आउनुभएको छ । यसबारे माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर पनि गठबन्धन हुँदैन भन्नुभएको थियो । यसमा अहिले पनि अडिग हुनुहुन्छ ?

म अहिले पनि अडिग छु । किनभने नेपाली काँग्रेसका कार्यकर्ताले बरु कम्युनिष्टलाई मन नपराई नपराई पनि भोट हाल्छन् । तर, कम्युनिस्टले काँग्रेसलाई हाल्दैनन् । हामीले बाबुराम भट्टराईलाई भोट हाल्यौँ । रेणु दाहाललाई हाल्यौँ । उपेन्द्र यादवलाई भोट हाल्यौँ । महन्थ ठाकुरलाई हाल्यौँ । मन नलागी नलागी हालेको हो । तर, एउटा कम्युनिष्टले नेपाली काँग्रेसलाई भोट हालेको छ ? हाल्दैन । किनभने, उनीहरू क्याडर हुन्छन् । त्यस्तै ट्रेनिङ हुन्छ । ट्रेनिङले गर्दा भोट हाल्दैनन् । हाम्रो त मास बेस पार्टी हो । हाम्रोचाहिं नेताले भनिदियो, हालिदियो । रेणु दाहालजी त्यसैले जितेको हो । त्यसले गर्दा चितवन हाम्रो कमजोर भयो ।

तर, काँग्रेसकी उपमेयरलाई त भरतपुरमा माओवादीले भोट हाल्यो नि हैन ?

अलिअलि त हाले । तर, हाम्रै भोटले जितेको छ त्यहाँ छ । चितवन त हाम्रो राम्रो हो नि । चितवन त काँग्रेसको गढ नै हो नि । अहिले त्यसले कमजोर बनायो ।

म के भन्छु भने चुनाव लडौँ । अनि गठबन्धन त बनाउनैपर्छ । सरकार बनाउन त गठबन्धन चाहिन्छ नै । किनभने, हाम्रो निर्वाचन प्रणालीका कारण पनि सरकारमा कुनैपनि पार्टीको एकलौटी बहुमत आउँदैन ।

तपाईले गठबन्धन गर्नुहुँदैन भनिरहँदा स्थानीय तहमा एमाले र काँग्रेसकै बढी प्रतिस्पर्धा हुने देखिन्छ । यस्तो अवस्थामा जसपा, एकीकृत समाजवादी, माओवादी, राप्रपा र लोसपा लगायतका पार्टीहरू एकतिर भए भने काँग्रेसलाई सेटब्याक हुने देखिँदैन ? एमाले र साना दलहरू मिले भने काँग्रेसलाई घाटा हुँदैन ? उदाहरणको लागि यही विराटनगरमा पनि त्यस्तो भयो भने के होला ?

विराटनगरमा काँग्रेसले जित्छ । काँग्रेस लाष्ट टाइम पनि एक्लै लडेको हो । एमाले झन् कमजोर भइसक्यो । त्यसबेला एमाले–विजय गच्छदार, माओवादी र फोरमको गठबन्धन थियो ।

गठबन्धन गरिँदैन भन्नुको साटो साना पार्टीलाई काँग्रेसले विश्वासमा लिँदा पो फाइदा होला कि ?

एउटा कुरा के हो भने हामी गठबन्धन संस्कारमै छैनौँ । पार्टीहरू बन्ने क्रममै छौँ । काँग्रेस, एमाले पनि पार्टी बन्दैछन् । माओवादी त झन् बन्ने क्रममा प्रयासरत छ । भारतमा स्थायी ढंगका गठबन्धन छन् । त्यो राम्रो हो । तर, यहाँ त्यो सम्भावना देखिँदैन ।

म के भन्छु भने चुनाव लडौँ । अनि गठबन्धन त बनाउनैपर्छ । सरकार बनाउन त गठबन्धन चाहिन्छ नै । किनभने, हाम्रो निर्वाचन प्रणालीका कारण पनि सरकारमा कुनैपनि पार्टीको एकलौटी बहुमत आउँदैन । त्यसबेला गठबन्धन गर्ने हो । दुई/चार पटक गठबन्धन गरिसकेपछि चुनाव पनि गठबन्धनबाट लड्ने एउटा कुरा हो ।

दोस्रो कुरा एमसीसीको एउटा उदाहरण दिएको कुरा हो मैले, त्यस्ता धेरै उदाहरण छ । नेपाली काँग्रेसको सोचाई विचार वा एमाले, माओवादी, समाजवादी सबैको बिल्कुल फरक छ । कसैसँग व्यक्तिगत सहयोग माग्ने कुरा अर्कै कुरा भयो । त्यसलाई अपवाद मानौँ । तर, अहिले हामीहरूको मानसिकता नै तयार भइसकेको छैन । हामी माओवादीको द्वन्द्वबाट आएका हौँ नि त । त्यसको सबैभन्दा धेरै मारमा त काँग्रेस नै परेको हो । हो, गठबन्धन बन्न सक्छ । तर, त्यो बिस्तारै बिस्तारै हटाएर हुन्छ । एकैपटक हुँदैन नि । आजको भोलि नै मिल्छ भन्ने मलाई लाग्दैन ।

यसपटक काँग्रेसले ७५३ स्थानीय तहमा ४५० जति ल्याउँछ भन्ने लागेको छ । पहिलो दल हुन्छौँ । हामी त्यति ल्याउँछौँ ।

तपाईंले यही कुरा प्रचण्डलाई राख्दा उहाँले के भन्नुभयो ?

मलाई के लाग्छ भने प्रचण्ड अलि सेल्फ सेन्टर (आत्मकेन्द्रित) हुनुहुन्छ । भारतपुरको चासो, आफ्नै चासो । त्यो त अब गठबन्धन गरेनौँ भने पनि प्रचण्डलाई ल्याउने जिम्मा त हामीले ल्याउनु पर्छ नि । जहाँबाट होस् । गठबन्धन बनेन भने पनि सिनियर लिडरहरू हाउसमा आउनुपर्‍यो । त्यसमा मेरो कुनै विमति छैन ।

शेखर कोइरालाले गठबन्धन नगरौँ भनेका कारण असुरक्षित भइयो भन्ने परेको हो कि प्रचण्ड, माधव नेपालहरूलाई ?

मेरो के भनाइ छ भने माधवजी, प्रचण्डजी, शेरबहादुरजी, रामचन्द्रजी, ओलीजी सिनियर नेताहरू आउनुपर्‍यो । कतिजना आउने हो निर्णय गरौँ । त्यो त हाउसको सुन्दरताको कुरा पनि हो ।

कल्पना गरौँ, एकैछिन संविधानसभाको दोस्रो निर्वाचनको बेला काठमाडौँबाट प्रचण्डजी हार्नुभयो । तर, सिरहाबाट गन्जागोलका बीचमा पनि ल्याइयो । उहाँ नल्याएको भए संविधान त बन्दैन थियो । पहिलो संविधानसभामा माधवजीलाई संविधान बनाउनका लागि ल्याएको हो । यो सबै कुरालाई हेर्नुपर्‍यो नि त । नेताहरू आउनुपर्छ । यसमा मेरो कुनै कन्फ्युजन छैन । तर, गठबन्धन गरेर जानु हुँदैन । एमाले र माओवादीले प्रतिशत बाँडेजस्तो गर्नुहुँदैन ।

यसपटकको स्थानीय निर्वाचनमा काँग्रेसको पोजिसन के हुन्छ भन्ने अनुमान गर्नुभएको छ ?

यसपटक काँग्रेसले ७५३ स्थानीय तहमा ४५० जति ल्याउँछ भन्ने लागेको छ । पहिलो दल हुन्छौँ । हामी त्यति ल्याउँछौँ ।

@ratopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु