मंगलबार , बैसाख २९, २०८३

काठमाडौं, १९ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बित अवस्थामा छन् । तर, यो प्रस्ताव अगाडि बढाएर टुंगोमा पुर्याउन सभामुख अग्निप्रसाद सापकोटाले तत्काल कदम चाल्ने कुनै सम्भावना देखिदैन ।

महाभियोग प्रस्ताव पारित गरी जबरालाई हटाउन नेपाल बार एशोशिएनले माग गरेको छ । प्रस्ताव ल्याउने उसको माग पूरा भएपनि पारित गर्न प्रक्रिया बढ्ने सम्भावना न्यून छ । कारण हो महाभियोगका पक्षमा दुई तिहाई नपुग्नु ।

जबराविरुद्धको महाभियोग माग्नेहरु नै अहिले चुप बसेका छन् । यो प्रक्रियामा बढेर निर्णयार्थ सदनमा प्रस्तुत भएमा महाभियोग प्रस्ताव असफल हुने जानेकाले पनि उनीहरु मौन छन् । यसरी नै प्रस्ताव अड्काएर राख्न खोजिएको छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगविरुद्ध रिट समेत परेको छ । यो पनि चाँडै फैसलामा जाने सम्भावना कम छ । यसरी जबरालाई महाभियोग टुंगोमा नलगी सेवानिवृत्त अवस्थामा पुर्याउने रणनीति सत्ता गठबन्धनका दलहरुको देखिएको छ ।

महाभियोगमा संसदको गणित
संविधान अनुसार एक तिहाई सांसदहरुले महाभियोग प्रस्ताव दर्ता गर्ने व्यवस्था छ । तर, पारित गर्न दुई तिहाई चाहिन्छ । सत्ता गठबन्धनसँग प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव पारित गर्न दुई तिहाई मत छैन । यस्तो अवस्थामा जबराको प्रधानन्यायाधीशबाट बर्हिगमन राजीनामा मात्र विकल्प देखिएको छ । उनले राजीनामा नदिने फेश गर्ने बताइसकेका छन् ।

संसदको गणित अनुसार हाल २६८ सदस्य रहेकोमा ३ जना निलम्बनमा परेकाले सभामुखसहित २६५ बहाल मानिन्छन् । प्रस्ताव पेश भएमा पारित हुन दुई तिहाई मत हुनुपर्ने प्रावधान छ । संसदको २६५ बहाल सांसदको दुई तिहाई पुग्न १७७ सांसद संख्या चाहिन्छ ।

नेकपा एमालेको ९७, नेपाली काँग्रेसको ६१, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक ४८, नेकपा एकीकृत समाजवादी पार्टीका २३, जनता समाजवादी पार्टीका १८, लोकतान्त्रिक समाजवादी पार्टीका १३, राजमो, नेमकिपा र राप्रपाका र स्वतन्त्र ११ सांसद छन् ।

सत्ता गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टीको गरी १५१ सांसद संख्या पुग्छ । गठबन्धनबाट बाहिरिएको जनमोर्चा नेपालसँग १ सांसद संख्या छ । माओवादीमा रहेका स्वतन्त्र सांसद छक्कबहादुर लामाको मत समेत गन्दा महाभियोगको प्रस्तावको पक्षमा १५३ पुग्छ । लोसपाको १३ सांसद जोड्दा पनि दुई तिहाई पुग्दैन । एमालेको सांसद नतानी प्रधानन्यायाधीशमाथिको महाभियोग पारित हुँदैन ।

यसकारण जबरामाथिको महाभियोग प्रस्ताव अलमलाएर राख्ने रणनीति हुनसक्छ । महाभियोग प्रस्ताव अगाडि बढेमा पारित नहुने र जबरा निलम्बनबाट फुकुवा भई काममा फर्कने अवस्था बन्छ । यो गठबन्धनले चाहँदैन ।

संसदमा बहाल सांसद संख्या
नेकपा एमाले- ९७
नेपाली काँग्रेस- ६१ (६३ मा २ निलम्बित)
नेकपा माओवादी केन्द्र- ४८ (१ सभामुख)
नेकपा एस- २३
जसपा- १९ (१ निलम्बित भएकाले १८)
लोसपा- १३
राजमो- १
नेमकिपा- १
राप्रपा- १
स्वतन्त्र- १

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP