मंगलबार , बैसाख २९, २०८३

काठमान्डाैं / नेकपा माओवादी केन्द्रभित्रको विवादमा नेत्रविक्रम चन्द ‘विप्लव’ को प्रवेश भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बुधबार विप्लवसँग गरेको संवादलाई अर्थपूर्ण मानिएको छ। संवादमा एकले अर्कोलाई सहकार्यका लागि प्रस्ताव गरेका छन् । यो संवादसँगै माओवादी केन्द्रभित्रको विवाद नयाँ मोडमा प्रवेश गर्न सक्ने अडकलबाजी हुन थालेको छ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र नेपालबीच भएको अनुदान सम्झौता माओवादी केन्द्रका अध्यक्ष दाहालसमेतको अग्रसरतामा प्रतिनिधिसभाबाट अनुमोदन भएपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ। अध्यक्ष दाहालले एमसिसी सम्झौता अनुमोदन गर्न पार्टीले लगाएको ह्वीप उल्लंघन गर्ने सात सांसदलाई कारबाही गर्नुपर्ने, एमसिसी सम्झौताको विपक्षमा रहेका नेता श्रेष्ठ पार्टी छाड्न स्वतन्त्र रहेको र पार्टी छोड्दा वामदेव गौतमको जस्तै हालत हुने भनेपछि विवाद बढेको हो । दाहालको यस भनाइले आफ्नो अपमान भएको श्रेष्ठले बुझेका छन् । माओवादी केन्द्र दलीय रुपमा एमसिसी सम्झौताको पक्षमा उभिएपछि श्रेष्ठलगायत केही नेताले त्यसको विपक्षमा अभिव्यक्ति दिएका थिए।

एमसिसी सम्झौता अनुमोदनको विषयलाई लिएर अध्यक्ष दाहालसँग मतभेद उत्पन्न भएपछि नेता श्रेष्ठले मंगलबार आफूनिकट नेताहरूसँग परामर्श गरेका थिए। उनले मंगलबार नै वामदेव गौतम र झलनाथ खनालसँग पनि छलफल गरेको बताइएको छ तर यसको पुष्टि हुन सकेको छैन । पार्टीभित्र आफूनिकट नेताहरूसँग परामर्श गरेको अर्को दिन श्रेष्ठले विप्लवलाई भेटेर सहकार्यको प्रस्ताव राखेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पनि विचार मिल्ने र राष्ट्रियताको सवालमा मत मिल्नेसँग सहकार्य हुन सक्ने भन्दै त्यसका लागि श्रेष्ठसँग प्रस्ताव गरेको स्रोतले जनाएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP