मंगलबार , बैसाख २९, २०८३

१६ फागुन, धनगढी । पूर्वपरराष्ट्र्र मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसीले प्रचण्ड र माधव नेपालको अवसरवाद उदाङ्गो पारेको बताएका छन् ।

प्रेस चौतारी नेपाल, कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले प्रचण्ड र नेपाल सत्ताका लागि जुुनसुुकै हदसम्म जान तयार रहेको कुरा एमसीसीले पुष्टि गरिदिएको बताए ।

‘उहाँहरू (प्रचण्ड र नेपाल) एमसीसी ठीक छ त्यसैले स्वीकार गर्‍यौं भन्न सक्नुुहुुन्न । कांग्रेसले एमालेसँग मिलेर सभामुुख हटाउने र एमालेले कारबाही गरेका १४ सांसदलाई पदच्युुत गर्ने भएकाले समर्थन गरेको भन्नुुहुुन्छ’ ज्ञवालीले भने, ‘दुवै नेताकै कारण आज एमसीसीमा अमेरिका र चीन आमनेसामने हुने अवस्था पनि सिर्जना भयो । यो हाम्रा लागि दुुर्भाग्यपूर्ण छ ।’

उनले नेताहरूले आम नागरिकमा भएको देशप्रतिको भावनाको समेत अवमूल्यन गरेको बताए ।

अहिलेको सरकारले बाहृय शक्तिहरूमा समेत ठूलो असन्तुुलन ल्याएको बताउँदै एमालेले अगामी चुुनावबाट अवसरवादी गठबन्धनलाई परास्त गरेर सबै हिसाबकिताब चुुक्ता गर्ने दाबी समेत ज्ञवालीले गरेका छन् ।

एमालेकै दबाबका कारण सरकार स्थानीय तहको चुुनावको मिति घोषणा गर्न बाध्य भएको उल्लेख गर्दै उनले सबैलाई चुुनावमा तयारी लाग्न आहृवान पनि गरेका छन् ।

पत्रकारहरूले एमालेको अवरोधका बीच पनि सांसद भीम रावलले एमसीसीको छलफलमा भाग लिएको विषयमा पार्टीले के गर्छ ? भनेर राखिएको जिज्ञाशामा उनले पार्टीको निर्णय र नीति विपरीत गरिएका कामको गम्भीर समीक्षा गरेर आवश्यक निर्णय लिइने बताए ।

एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुुखीकरण कार्यक्रममा सहभागी हुन धनगढी पुुगेका ज्ञवाली सोमबार काठमाडौं फकिर्ंदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP