मंगलबार , अषोज २७, २०८३

काठमाडौं । जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले युद्धग्रस्त युक्रेनमा रहेका २२५ जना नेपालीहरु सम्पर्कमा आएको र सबै सुरक्षित रहेको जानकारि दिएको छ । केही नेपालीहरु युक्रेनबाट सुरक्षित तरिकाले सिमाना जोडिएका पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा गइसकेको दूतावासले जानकारि दिएको हो ।

दूतावासले विज्ञप्ति जारी गर्दै १५ जना नेपालीहरु पोल्याण्डमा, ३ जना स्लोभाकियामा, २ जना हंगेरीमा र १ जना रोमानियामा प्रवेश गरेका छन् । अन्य २३ जना स्लोभाकिया जानका लागि र २ जना रोमानिया जानका लागि बाटोमा रहेको बताइएको छ । एक सय जनाभन्दा बढी पोल्याण्ड जानका लागि प्रक्रियामा रहेको पनि दूतावासले जानकारि गराएको छ । रुसले आक्रमण थालेपछि युक्रेनमा फसेका विदेशी नागरिकहरुका लागि मानवीय सहायताको आधारमा पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाले आ–आफ्ना देशका सिमाना खुल्ला गरिदिएका छन् । नेपालीहरुलाई पनि आवश्यक कागजपत्र बोकेरै तिनै देशतर्फ जान वर्लिनस्थित दूतावासले आग्रह गरिरहेको छ । पासपोर्ट, नगद, कोरोनाविरुद्धको खोप लगाएको भए सो खोपकार्डसमेत आफूसँग राखिराख्न दूतावासले सुझाव दिएको छ ।

युक्रेन द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि संयन्त्र गठन
गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी (रुस) को संयोजकत्वमा ‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन गरिएको छ । गैरआवासीय नेपाली संघका युरोपस्थित राष्ट्रिय समितिसमेत रहेको सो समितिको सदस्य सचिवमा डा. चिरन्जिवी खड्का (चेक रिपब्लिका), सदस्यहरूमा जीवन केसी (पोल्याण्ड), हरिबहादुर मल्ल (युक्रेन), शिवकुमार भुर्तेल (रुस), जयाप्रसाद शिवाकोटी (स्लोभाकिया), नवराज पोखरेल (रोमानिया), सुरेन्द्र श्रेष्ठ (हङगेरी), यदुराम पन्थी (चेक रिपब्लिक), मिलन पन्त (जर्मनी) र प्रेस संयोजकमा चिरन शर्मा (यूके) रहेका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको पहलमा भएको समितिले उद्धारको पहललाई तिब्रता दिएको छ । द्वन्द्वपीडितका लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि डा. बोधराज सुवेदीको संयोजकत्वमा अर्को उपसमिति समेत गठन गरिएको छ ।

@nepaltube

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP