शुक्रबार , बैसाख १९, २०८२

नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको वार्ता सहमतिउन्मुख रहेको छ । आजपनि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेताहरुसँग छलफल गरेका थिए ।

एमसीसी सदनबाट पारित गराउनेगरि कांग्रेस नेताहरुले एमाले नेतृत्वसँग पछिल्लो समय लगातार छलफल गरेका छन् । सत्ता गठबन्धनमा एमसीसीलाई लिएर समान धारणा छैन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसीसीको पक्षमा मतदान नगर्ने बताईसकेका छन् ।

यो सँगै प्रधानमन्त्री देउवाले एमालेको साथ खोज्नेगरि आफ्नो कदम चालेका छन् । एमालेसँगको छलफल सकारात्मक बनेको कांग्रेस नेताहरुको दाबी छ । एमालेले संसद्को बैठकमा भाग लिने वातावरण बनाउन प्रधानमन्त्री देउवासमक्ष आग्रह गरेको छ ।

यसको लागि एमालेले दुई वटा मुख्य शर्त अघि सारेको छ। पहिलो शर्त एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना टाँस्न लगाउने र दोस्रो सभामुखलाई हटाउने रहेको छ। यी शर्तमध्ये दोस्रो र्शमा कांग्रेसले सहमति जनाएको छ।

पछिल्लो समय सभामुख हटाउनेबारे एमाले र कांग्रेसको उच्च नेतृत्वमा सहमति बनिसकेको छ । सभामुख हटाउनेबारे कांग्रेस र एमालेबीच सहमति हुने थाहा पाएपछि आजमात्रै प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री देउवालाई भेटेर सत्ता गठबन्धन जोगाउनेबारे छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP