मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको वार्ता सहमतिउन्मुख रहेको छ । आजपनि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेताहरुसँग छलफल गरेका थिए ।

एमसीसी सदनबाट पारित गराउनेगरि कांग्रेस नेताहरुले एमाले नेतृत्वसँग पछिल्लो समय लगातार छलफल गरेका छन् । सत्ता गठबन्धनमा एमसीसीलाई लिएर समान धारणा छैन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसीसीको पक्षमा मतदान नगर्ने बताईसकेका छन् ।

यो सँगै प्रधानमन्त्री देउवाले एमालेको साथ खोज्नेगरि आफ्नो कदम चालेका छन् । एमालेसँगको छलफल सकारात्मक बनेको कांग्रेस नेताहरुको दाबी छ । एमालेले संसद्को बैठकमा भाग लिने वातावरण बनाउन प्रधानमन्त्री देउवासमक्ष आग्रह गरेको छ ।

यसको लागि एमालेले दुई वटा मुख्य शर्त अघि सारेको छ। पहिलो शर्त एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना टाँस्न लगाउने र दोस्रो सभामुखलाई हटाउने रहेको छ। यी शर्तमध्ये दोस्रो र्शमा कांग्रेसले सहमति जनाएको छ।

पछिल्लो समय सभामुख हटाउनेबारे एमाले र कांग्रेसको उच्च नेतृत्वमा सहमति बनिसकेको छ । सभामुख हटाउनेबारे कांग्रेस र एमालेबीच सहमति हुने थाहा पाएपछि आजमात्रै प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री देउवालाई भेटेर सत्ता गठबन्धन जोगाउनेबारे छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP