शनिबार , भाद्र १३, २०८३

युक्रेनमाथि आक्रमणको चौतर्फी आलोचना भइरहँदा क्रेमलिनले वार्ताको प्रस्ताव अघि सारेको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले बेलारुसको मिन्स्कमा युक्रेनसँग कुराकानी गर्न सकिने बताएका हुन् ।

रुसको सरकारी समाचार संस्था आरआईएका अनुसार युक्रेनलाई ‘तटस्थ घोषणा गर्नका लागि रुसले वार्ता गर्न चाहेको हो । साथै युक्रेनले सेनाको संख्यामा समेत कटौती गर्नुपर्ने रुसले सर्त अघि सारेको छ ।

त्यस्तै युक्रेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध हुन नहुने पनि रुसी सर्त रहेको छ । त्यस्तै युक्रेन मामिलामा अमेरिका र अन्य मुलुकसँगको वार्ताका लागि पनि रुसले नेटोमा युक्रेनलाई सदस्य बनाउने पक्रियाबाट पछि हट्नुपर्ने बताएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि पुटिनसँग वार्ता गर्नका लागि अपिल गरेका थिए ।

क्रेमलिनले रुस र युक्रेन सम्बन्धमा महत्त्वपूर्ण मानिएको बेलारुसको राजधानी मिन्स्कमै वार्ताको सर्त अघि सारेको हो । पूर्वी युक्रेनमा रुस समर्थक विद्रोही र युक्रेनी सेनाबीचको रक्तपातपूर्ण संघर्षपछि पनि सन् २०१४ र २०१५ मा मिन्सकमै सम्झौता भएको थियो । सन् २०१५ को फेब्रुअरीमा मिन्स्कमा जर्मनी र फ्रान्सका नेताको उपस्थितिमा रुस र युक्रेनबीच सम्झौता भएको थियो ।

युक्रेनले भने रुसको पछिल्लो आक्रमणलाई नाजीकालीन जर्मनीको आक्रमणसँग तुलना गरेको छ । युक्रेनको गृह मन्त्रालयका अनुसार रुसी आक्रमणपछि सर्वसाधारणलाई करिब १८ हजार मेसिनगन बाँडिएको छ ।

@ekantipur

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP