शनिबार , भाद्र १३, २०८३

काठमाडौं । युक्रेनमा रुसी सेनाले हमला गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्लादिमिर पुटिनलाई टेलिफोन गरेका छन् ।

बिहीबार राति भएको टेलिफोन कुराकानीमा मोदीले रुसी राष्ट्रपति पुटिनलाई ‘तत्काल हिंसा अन्त्य’ गर्न आग्रह गरेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा ‘सबै पक्षलाई मिलेर कुटनीतिक वार्ता एवं छलफलको बाटोमा’ आउन अपिल गरेको समेत उल्लेख छ ।

भारतले लामो समयदेखि ‘रुस र नेटोबीच जारी मतभेदलाई इमान्दारितापूर्वक छलफल गरेर मात्रै समाधान गर्न सकिने’ भन्दै आएको पनि मोदीको भनाइ थियो ।

त्यस्तै युक्रेनमा रहेका भारतीय नागरिक र त्यसमा पनि विशेषगरी विद्यार्थीको सुरक्षालाई लिएर मोदीले चिन्ता व्यक्त गरेको पनि समाचारमा उल्लेख छ ।

इरानका राष्ट्रपति इब्राहिम रइसीले समेत पुटिनलाई फोन गरेका छन् । पुटिनसँगको छलफलमा रइसीले पूर्वतर्फ नेटो फौजको विस्तार हुँदा कैयौं क्षेत्र र मुलुकको सुरक्षा जोखिममा परेको बताएका थिए ।

फ्रान्सका राष्ट्रपति इमानुअल म्याँक्रो र पुटिनबीच पनि टेलिफोनमा कुराकानी भएको छ । कुराकानीमा म्याक्रोले युक्रेनमा जारी सैन्य कारबाही तत्काल अन्त्य गर्न आग्रह गरेको सीजीटीएनले जनाएको छ । सैन्य कारबाही जारी पुटिनविरुद्ध व्यापक प्रतिबन्ध लगाइनेसमेत बताएक थिए । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP