शनिबार , बैसाख २०, २०८२

वि.सं. २०७८ फाल्गुन १४ गते शनिवार तदनुसार ई. सं. २०२२ फेब्रुवरी २६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लागा), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:२६ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे, चन्द्रास्त : दिउँसो ०१:५९ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०१:५० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३५ बजे र सूर्यास्त : साँझ ०६:०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४० बजे र सूर्यास्त : साँझ ०६:०६ बजे, फाल्गुन कृष्णपक्षको दशमी तिथि, बिहान ०८:५६ बजेसम्म, त्यसपछि एकादशी तिथि, मूल नक्षत्र, बिहान ०९:०७ बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त), सिद्धि योग, बेलुका ०७:४४ बजेसम्म, त्यसपछि व्यतिपात योग, सुरुमा विष्टि/भद्रा करण बिहान ०८:५६ बजेसम्म, त्यसपछि बब करण बेलुका ०७:४५ बजेसम्म, अन्तिममा बालब करण, (भद्राको वास : पाताललोक), आनन्दादि योग : गद, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : उत्तर (बिहान ०८:५६ बजेसम्म), त्यसपछि आग्नेय, वारशूल : पूर्व, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम,

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १५ गते : श्री विजया एकादशी व्रत, त्रिपुष्कर योग बिहान ०७:३० बजेदेखि मध्यरात्रीपछि ०४:२३ बजेसम्म, १६ गते : श्री सोम प्रदोष व्रत (मनोद्वेग निवृत्ति तथा पुत्रप्राप्तिहेतु), मूहुर्त : अन्नप्राशन(पास्नी), द्रव्यप्रयोग वा लगानी, १७ गते : श्री महा शिवरात्री व्रत, चतुर्दश लिंगपूजा, श्री वैद्यनाथ जयन्ती, हलेसी महादेव, पशुपतिनाथ लगायत देशविदेशका शिवालयहरूमा मेला/विशेष पूजाआजा, शिलाचह्रे पूजा (नेवारी पर्व), लदी पूजा (माझी समुदाय),

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कुनै प्रदर्शन वा प्रतिस्पर्द्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ । व्यावसायिक काममा चुनौती देखिए पनि घरमा लक्ष्मी भित्र्याउने समय हो, मिहिनेत र लगनशीलताका माध्यमबाट प्रतिष्ठा प्राप्त हुनेछ, प्रतिस्पर्द्धी र शत्रु नै भए पनि तिनको क्रियाकलापसमेत सहयोगीका रूपमा देखापर्न सक्छन् । तारिफयोग्य काम गरेर दङ्गपर्ने दिन हो, तर आज चुनौती र सङ्घर्षका माझमा काम निकालेर इज्जत जोगाउन सकिने समय हो । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सुराचार्याय नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रेमीप्रेमिकाका बीचमा तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा कमजोरी देखिने र चिन्ता/शङ्का बढ्ने दिन छ । घरपरिवारमा सम्पर्क राखी भलाकुसारी गर्ने र पारिवारिक खरखाँचोका बारेमा जानकारी बटुल्ने समय हो । कुनै आकस्मिक भ्रमणबाट ज्ञान र धन जुटाउने अवसर मिल्नेछ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजमा राम्रो मुनाफा हुनसक्छ, तर मन भारी हुने तथा शरीरमा आलस्य जाग्ने समय हो । अस्वस्थ हुनुहुन्छ भने आराम गर्नु राम्रो हुन्छ । आजको भाग्यबल ०५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नम: न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
जीवनसाथीले भावना र इच्छाको कदर गर्ने समय छ, प्रयास गरेमा तनाव र बोझ कम गर्न सकिन्छ । कुनै मन पिरोल्ने समस्यालाई हल गर्न सक्नुहुन्छ । कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, याद गर्नुहोला, आज अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन हो । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउने दिन हो, सानो प्रयासले तपाईंको कीर्ति र प्रतिष्ठामा बृद्धि हुनसक्छ । आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कामाक्षीदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, नत्र आपसी समन्वय भताभुंग हुने डर हुन्छ । स्वास्थ्य अनुकूल रहनेछ, आकस्मिक यात्राबाट भाग्य बढ्ने दिन हो, प्रतिस्पर्द्धी र शत्रुले आँखा तरे पनि सामना गर्ने साहस गर्ने छैनन् । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : ध्वाँसे/कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नम: न्यूनतम जापसङ्ख्या : १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बुद्धिकौशल तथा तपाईंको समझदारीले कमीकमजोरी हटाउन वा व्यवस्थापन पक्षमा सुधार ल्याउन मद्दत गर्नेछ । बारम्बार जिम्मेवारीलाई पूरा नगर्नाले मानसिक पीडा हुने वा आलोचना सुन्नुपर्ने हुन्छ । टाढा रहेका छोराछोरीको राम्रो समाचार आउने, सुख/सन्तोष मिल्ने राम्रो दिन छ । आफूले चिताएका हाँके/ताकेका काम पनि सम्पन्न हुने समय हो । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने प्रयास गर्नोस्, सफलताको जडी सूत्र पत्ता लाग्ने दिन हो । आजको भाग्यबल ५५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भुवनेश्वर्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो, आशा देखाउनेहरूले पनि सहयोग गर्ने अनुकूलता मिल्दैन । तर व्यस्त रहँदारहँदै दिन बितेको पत्तो पाइने छैन । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, त्यसै घोरिएर बस्नुभन्दा अभिभावकलाई स्पष्टसँग कुरा राखी निकास खोज्नु राम्रो हुन्छ । लाभदायक यात्राको योग छ, यद्यपि बास बस्ने गरी टाढा जाँदा असहजताको अनुभूति हुनेछ, मनमा चिन्ता, शङ्का वा असन्तुष्टि देखा पर्न सक्छन् । आजको भाग्यबल २० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलपूजितायै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ । हर्षित हुने कुनै समाचार सुन्न पाइने छ । सानो प्रयासले भाग्य बढ्ने समय भएकाले थोरैमात्र प्रयास गरेमा आम्दानीका मार्ग बढ्नेछन् । कठोर परिश्रम र कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै सानो प्रयासले रोकिएको आर्थिक स्रोतले गति समात्ने दिन हो । परहितको कामले शान्तिको अनुभूति हुनेछ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा पाउने समय हो । आन्तरिक प्रतिभाको उपयोग गरी नाम चम्काउने समय छ । कमाइ व्यवस्थापन गर्ने राम्रो अवसर मिल्नेछ, आफ्नो प्रतिभा प्रदर्शन गरी वा कुनै अभिव्यक्तिगत कला प्रस्तुत गर्दै बोलीका माध्यमबाट धन र मान कमाउन सकिने छ । अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धनदाय कुबेराय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पेसा वा व्यवसायमा देखिएका असजिलो फुकाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेको गतिविधिमा नजर लाउनु बेस हुन्छ, शत्रु नजिकै छन् भन्ने बुझेर काम गर्ने दिन हो । आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन छ । व्यक्तित्व विकासका साथै आफ्नो शारीरिक र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । इच्छानुसार काम सम्पन्न हुनेछ, कतै घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अञ्जनीसुताय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
खर्चको मात्रा बढ्नुका साथै वैचारिक अस्थिरता देखिने दिन छ, तथापि सँगीसाथीको मद्दत लिएर हिम्मतका साथमा प्रयास गरेमा पेसागत र व्यवसायिक परिस्थितिमा सुधार आउने छ । सकेसम्म कार्यक्षेत्रमा आफैं खटेको जाति हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय छ । असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना हुन्छ । पारिवारिक जीवन ठीकै रहने छ, तर धनमालको नोक्सानी हुने दिन भएकाले तालसाँचो र राखनधरनमा सतर्कता अपनाउनुपर्ने हुन्छ । आजको भाग्यबल ५५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ प्रां प्रीं प्रौं स: शनैश्चराय नम: न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
उच्चकोटिको शारीरिक सुख प्राप्त हुनेछ । यात्रा हुने सम्भावना पनि छ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । जोखिम मोलेर गरेको कुनै कामबाट आज अप्रत्यासित ढंगले लाभ लिन सक्नुहुन्छ । त्यस्तै आफ्नो बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका कतिपय विषयलाई प्राप्त गर्न सकिने छ । दैनिक कामधन्दामा सहजताको अनुभूति हुनेछ, दाम्पत्य जीवनमा पनि सोचेजस्तै समझदारी रहनेछ, साथीसंगी र बाल्यावस्थाका मित्रसँगसमेत भेटघाट हुनसक्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सूर्यात्मजाय नम: न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
प्रतिस्पर्द्धीमाथि दबाब सिर्जना गरिने तथा पकड कायम हुने समय छ । खोजी गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्ने र मिहिनेत गर्दा लक्ष्यअनुसार काम सम्पादन हुने दिन हो । आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, आज प्रतिस्पर्द्धीसमेत सहयोग माग्दै तपाईंसामु आउन सक्छन् । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विश्वकर्मणे नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु