
दूतावास परिसर भित्र नेपाली शैलीमा ४ वटा भवन निमार्ण हुने दूतावासले जनाएको छ । भवनको नक्सा बनाउन दूतावासले स्थानिय परामर्श कम्पनी फ्युजन माइक्राइस जेभीलाई जिम्मा दिएको थियो । भवनको नक्सा, डिजाइन र परामर्शका लागि मात्रै ५ लाख डलर खर्च भएको कार्यबाहक राजदूत सापकोटाले जानकारी दिनुभयो ।
कार्यबहाक राजदूतलाई भवनको नक्सा र डिजाइन हस्तान्तरण गरिदै
आवश्यक पर्ने बजेट विनियोजनका लागि दूतावासले नेपाल सरकारसंग पहल गरिरहेको छ । बजार भाउ बढेकोले भवन निमार्णको लागत केही बढ्न सक्ने अनुमान गरिएकाले तत्कालै कत्ति बजेट लाग्छ भनेर सार्वजनिक नगरिएको कार्यबहाक राजदूत सापकोटाको भनाई छ । तर, नेपालट्युबसंग कुरा गर्दै दूतावास स्रोतले कम्तिमा पनि १ करोड २० लाख डलर खर्च हुने अनुमान गरिएको जानकारी दियो ।
अबको एक महिनाभित्र बिल्डर अर्थात भवन निमार्ण कम्पनीका लागि बोलपत्र आव्हान गर्ने तयारी दूतावासको छ । भवन निर्माणको लागि नेपालको सार्वजनिक खरिद ऐनरनियम र अष्ट्रेलियाको ऐनरनियम पालना गरिने दूतावासको विज्ञप्तीमा उल्लेख छ ।’भवनका लागि यसअघि नै क्यानबेरामा ६ हजार १९८ बर्गमिटर जग्गा खरिद भइसकेको छ । अष्ट्रेलियन सरकारको सहुलियतमा ९९ सय वर्षका लागि १२ लाख डलरमा जग्गा खरिद गरिएको हो ।
दूतावासको भवनका लागि किनिएको जग्गा
दूतावासले जुलाई वा अगष्ट महिनाबाट भवन निर्माण थाल्ने तयारी गरेको छ । निर्माण सुरु भएको तीन वर्ष भित्रमा सम्पन्न गर्ने समेत विज्ञप्तीमा भनिएको छ । भवन निमार्णका लागि दूतावासले पराराष्ट्र मन्त्रालय, शहरी विकास तथा भवन निमार्ण विभागसंग निरन्तर समन्वय गरेको समेत विज्ञप्तीमा भनिएको छ । अष्ट्रेलियाको नेपाली दूतावास झण्डै एक वर्षदेखि राजदूतविहिन छ ।
Via Nepaltube