मंगलबार , बैसाख २९, २०८३

एमसीसीमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये कस्ले मार्ला बाजी ? अब कुनै तलमाथि नभए १६ फागुनभित्र छिनोफानो हुनेछ ।

देउवा र प्रचण्ड सत्ता गठबन्धनमा भएपनि एमसीसीको सवालमा पक्ष या विपक्षमा छन् । देउवा एमसीसी कुनै हालतमा पारित गर्ने पक्षमा छन् । यसको ठिक विपरित प्रचण्ड एमसीसीको विपक्षमा उभिएका छन् । देउवा सत्तामा बसेर एमसीसी पारित गराउने गृहकार्यमा जुटिरहेका छन् ।

प्रचण्डले सत्ता, सदन र सडक तीनवटै शक्ति लगाएर एमसीसी रोक्न खोजिरहेका छन् । सभामुख प्रचण्डनिकट अग्नि सापकोटा हुनुको पनि प्रचण्डलाई फाइदा छ ।

प्रचण्ड एमसीसी फेल हुनेमा ढुक्क छन् । उनी देउवालाई मनाएर यसलाई थाती राख्न प्रयासरत छन् । प्रचण्ड सत्ता गठबन्धन जोगिने दाबी गरिरहेका छन् । तर, देउवा कुनैपनि विकल्पमा गएर एमसीसी पारित गर्ने पक्षमा बढेका छन् ।

गठबन्धन भत्कने डर प्रचण्डलाई भन्दा देउवालाई देखिदैछ । प्रचण्ड एमसीसी पारित गर्न देउवा अगाडि बढेमा गठबन्धन छाड्ने धम्की दिइरहेका छन् । देउवाले विकल्पमा एमाले अध्यक्ष केपी शर्मा ओली देखेका छन् । तर, ओली एमसीसीबारे प्रष्ट छैनन् । उनले एमसीसीलाई राजनीतिक सौदावाजीको विषय बनाएका छन् । ओली यही विषयले सत्तामा पुग्ने मौका पनि देखिरहेका छन् । देउवा यसकारण अप्ठ्यारोमा छन् ।

सत्ता गठबन्धन पनि टिकाउने र एमसीसीमा पनि निकास दिने विषयमा केही नेताहरु सक्रिय भएका छन् । तर, त्यसका लागि एमसीसी थाती राख्नुपर्ने अवस्था बन्न सक्छ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल गठबन्धन जोगाउने गरी राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । उनले प्रचण्ड र माधव नेपालसँग यसबारे कुराकानी गर्दै आएका छन् । माओवादी केन्द्रका कृष्णबहादुर महराको सक्रियता पनि बढेको छ । उनी पनि गठबन्धन जोगाउने गरी मध्यमार्गी बिन्दु तयार गर्न लागेका छन् ।

प्रचण्डले पौडेलसँगको भेटपछि एमसीसीको पनि निकास निकाल्ने र गठबन्धन पनि नटुट्ने पत्रकारहरुलाई बताएका थिए । उनी निकै ढुक्क भएर यस्तो बताइरहेका थिए । एमसीसी टेबल भइसकेकाले अड्काउने प्रयास भइरहेको छ । अमेरिकासँग कुरा गरेर केही समय थाती राख्ने प्रयास भइरहेको छ । तर, अमेरिका एमसीसी १६ फागुनभित्र टुंगो लगाउनुपर्ने पक्षमा अडिग छ ।

एमसीसी पारित गर्न देउवाले ठूलै त्याग देखाउनुपर्छ । त्यस्तो अवस्थामा मात्र उनले एमसीसी पारित गराएर बाजी मार्न सक्छन् । प्रचण्ड जस्तोसुकै त्याग गरेर भएपनि एमसीसी असफल बनाउन लागिरहेका छन् । यसका लाग सत्ता छाड्ने तम्तयारीमा छन् । उनको आक्रामक शैली देउवाका लागि चुनौती बनेको छ । देउवाले भने रक्षात्मक शैली अपनाइरहेका छन् । अब जो आक्रामक तरिकाले प्रस्तुत हुन्छ त्यो विजेता बन्न सक्छ ।

एमसीसीमा ओलीलाई जस्ले साथमा लिनसक्छ उसैको पल्लाभारी हुनसक्छ । प्रचण्ड सबै विकल्पका साथ बढिसकेका छन् । देउवा भने सत्ता पनि जोगाउने गरी बढ्न खोज्दैछन् ।

Via .reportersnepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP