बुधबार , असार ४, २०८२

६ फागुन, काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीका विषयमा सरकारमा रहेका दलहरूले एउटै धारणा बनाएपछि मात्रै एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् ।

सरकारमा रहेका दलहरुले एमसीसीबारे समान धारणा बनाउन आवश्यक रहेको भन्दै उनले थपे, ‘एमसीसीमा एमालेको कुनै धारणा छैन् । किनभने उहाँहरूले गठबन्धनबाट केही निर्णय नै गर्नुभएको छैन् ।’

एमसीसी संसदमा टेबुल गर्ने प्रयासमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार साँझ एमाले अध्यक्ष केपी ओलीसंग भेटेका थिए । उक्त भेटपछि एमालेले कुनै धारणा बनायो कि ? भन्ने प्रश्नमा नेम्वाङले पहिले सत्तागठबन्धनले नै समान धारणा बनाउन आवश्यक रहेको बताएका हुन् ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता पेस गर्ने सरकारको तयारी छ । तर, सत्तारुढ दलहरूका बीचमा सहमति भने जुटिसकेको छैन् ।

बरु एमालेले संसदमा आफ्नो अवरोध निरन्तर रहने बताएको छ । एमाले संसदीय दलका उपनेता नेम्वाङले भने, ‘संसदमा हाम्रो रणनीति परिवर्तन भएको छैन । आज पनि विरोध जारी राख्छौं ।’

एमालेले २३ भदौ २०७८ देखि निरन्तर संसदमा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP