सोमबार , भाद्र १५, २०८३

एमसीसीका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । आज बस्ने प्रतिनिधि सभा बैठक अघि नेताहरु एमसीसीमा सहमति खोज्न अन्तिम कसरतमा लागेका हुन् ।

हिजो बेलुका बसेको गठबन्धनको बैठकमा एमसीसीको निकासबारे कुनै सहमति नजुटेपछि पुन: शीर्ष नेताहरु अहिले छलफलमा जुटेका हुन् । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत छन् । छलफल केही बेरअघिबाट सुरु भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

प्रधानमन्त्री शेरबहादुर देउवा आजको प्रतिनिधि सभामा एमसीसी टेबल गरेरै छाड्ने पक्षमा छन् भने नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सम्झौता संशोधन विना अघि बढाउन नहुने पूर्ववत् अडानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP