आइतबार , बैसाख १४, २०८२

नेकपा माओवादीको दुई भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) र योङ कम्युनिस्ट लिग (वाईसीएल) ले शुक्रबार पनि राजधानीमा प्रदर्शन गर्ने भएका छन् । सत्ता गठबन्धनमा सहमति बिनै सरकारले एमसीसी टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा क्रान्तिकारी र वाईसीएलले प्रदर्शन गर्न लागेको हो। मध्यान्ह १२ बजे बानेश्वरमा प्रदर्शन गर्ने तय भएको अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।

नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल गर्न सहयोग नगर्ने बताइसकेको छ भने माओवादीको असहयोग पछि पनि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गरिछाड्ने अडानमा रहेका छन् ।

बुधबारको सत्ता गठबन्धनको बैठकमा माओवादीले एमसीसीको पक्षमा नरहेको बरु सरकार छाड्न तयार रहेको बताएको थियो । यही क्रममा वाईसीएल र क्रान्तिकारीले पार्टीकै सल्लाहमा प्रदर्शन गरेको बताइएको छ । सिंहले पनि आफूहरुले पार्टीसँगको सल्लाह र सहमतिमै विरोध प्रदर्शन गरेको बताइन् । माओवादीको भ्रातृ संगठनले बुधबार पनि बानेश्वरमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख ११, २०८२ बिहिबार 56 Views

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP