मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ — नेपाली कांग्रेस महामन्त्री गगन थापाले एमसीसीबारे कम्युनिस्ट दलहरूले बोली फेरेको भन्दै कांग्रेसले आफ्नो बोली नफेर्ने बताएका छन् । उनले एमसीसी पास गर्ने वर्षौंअघिको निर्णयमा कांग्रेस अडिग रहेको बताए ।

बिहीबार बालुवाटारमा नेता अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’को विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘एमसीसीबारे कसले के बोल्यो, त्यसमा हाम्रो ध्यान छैन । कांग्रेस आफ्नो दायित्वबाट च्युत हुन मिल्दैन, हुँदैन । कांग्रेसले क्षणिक लाभको लागि बोली फेर्न जान्दैन ।’

उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रप्रति व्यंग्य गर्दै अघि भने, ‘हामी बालुवाटारमा हुँदा एउटा बोली, अनि बालकोट र खुमलटार पुगेपछि अर्को बोली बोल्दैनौँ, बोल्न जान्दैनौँ ।’

नेता थापाले सरकार चलाउँदा राजनीतिक दलले गर्ने काम, प्राथमिकताहरू, नीति कार्यक्रम र योजनाहरूबाट त्यो दल कस्तो हो भन्ने थाहा हुने भन्दै त्यसको मूल्यांकन गरेर धारणा बनाउन आग्रह गरे । नेता थापाले केसीको पुस्तकबाट कांग्रेसलाई नजिकबाट बुझ्न मद्दत पुग्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP