बुधबार , असार ४, २०८२

काठमाडौँ — अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको विषयले अमेरिकासँगकाे सम्बन्धदेखि सत्ता गठबन्धनमा समेत दरार आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी भएको हो । देउवालाई भेट्न राजदूत बेरी करिब ६ बजे बालुवाटार पुगेका थिए ।

बालुवाटार स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले राजदूतसँग सत्तागठबन्धनमा आएको दरारदेखि यसका कारण निम्तिएको सडक प्रदर्शन र सहमति खोज्न दुई दिनको समय लिएको विषयमा कुरा गरेका थिए । अमेरिकाले अब एमसीसीको समय बढाउन नसकिने गरी समयसीमा दिएकाले त्याे समयसीमामा पुनर्विचारको गुन्जायस छ कि छैन भन्ने विषयमा पनि देउवाले राजदूतसँग जिज्ञासा राखेको बालुवाटार स्रोतले जनाएको छ ।

राजदूत बेरीसँगको भेटपछि बिहीबार बिहानै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच यो विषयमा बालुवाटारमा कुराकानी भएको छ ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌बाट अनुमोदन गराउने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद छ । सरकारले प्रतिनिधिसभाको बैठकमा टेबल गर्ने प्रस्ताव गरेपछि त्यसको विरोधमा सत्ताघटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता नै सडकमा उत्रिएका थिए ।

सत्तारुढ दलबाटै विरोध भएपछि प्रधानमन्त्री देउवा पछि हटेका थिए । त्यहीबीच प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल भएको थियो ।

एमसीसी सम्झौता संसद्‌मा टेबल गर्ने विषयमै सहमति खोज्न गठबन्धनको बैठक पनि बिहीबार बस्दैछ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बिहान दाहालसँग छलफलपछि प्रधानमन्त्री देउवाले साँझ ५ बजेका लागि सारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP