मंगलबार , बैसाख २९, २०८३

प्रतिनिधिसभा बैठक बुधबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सरकारले सर्वाधिक चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी गरेको छ ।
संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको थिएन । सो कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ ।

यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सो बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन सकिने बताइएको छ ।
मंगलबार नै बसेको काँग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गराउने निर्णय गरेको थियो । यसका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सभामुखलाई आग्रह गरेका थिए ।

काँग्रेसले एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनको लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको बताएको छ । नेपालमा पूर्वाधारको व्यापक विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र सहायता आवश्यक रहेको काँग्रेसको ठहर छ ।

काँग्रेसले एमसीसीलाई राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको रूपमा व्याख्या गरेको छ । एमसीसी संसद्‌मा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न नमिल्ने काँग्रेसको जिकिर छ ।

तर एमसीसीको पक्षमा सत्तारुढ दल नेकपा माओवादी, एकीकृत समाजवादी पार्टी खुलेको छैन । अर्थात यी दुई दलमा पार्टीका नेताहरुमै एमसीसीबारेको बुझाइ एकरुपता छैन ।
यसैगरी जसपा एमसीसीको पक्षमा देखिएको छ भने प्रतिपक्षी दल एमालेचाहिँ सत्तारुढ दलले आफ्नो धारणा सार्वजनिक गरेपछि उपयुक्त निर्णय पर्ने पक्षमा रहेको छ । विगतमा केपी ओली प्रधानमन्त्री हुँदा उनले एमसीसी पास गरिनुपर्नेमा जोड दिँदै आएपनि सरकारबाट बाहिरिएपछि भने नखुलेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP