मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले अश्लील गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका छन् ।

उनले अश्लील गाली गरेको अडियो सामाजिक संजालमा भाइरल भएको छ । मन्त्री पदमा बसेको व्यक्तिले सामाजिक मर्यादा प्रतिकूलको बाेलीवचन प्रयोग गरेको सार्वजनिक भएपछि सामाजिक संजालमा उनको राजीनामा माग्नेदेखि उनका विगतका कार्यशैलीमाथि टिप्पणी भएका छन् । मन्त्री आलेले अश्लील गाली गरेको अडियो भारतको मुम्बई बस्ने अछामका जगत ओलीले सार्वजनिक गरेका हुन् र स‌ंवाद पनि उनीहरुबीचको नै हो ।

सामाजिक सं‌जालमा किन नराम्रो लेखेको भन्ने विषय उठान गर्दै मन्त्री आलेले ओलीलाई अश्लील गाली गरेको अडियोमा सुनिन्छ । त्यसपछि ओलीले पनि मन्त्री आलेलाई अश्लील गाली गर्दै स‌ंवाद अघि बढाएको सुन्न सकिन्छ । मन्त्री आलेले उनलाई बसेकै ठाउँबाट उठाइदिने धम्की दिएको पनि अडियोमा सुनिन्छ ।

सोमबार रातिबाट सार्वजनिक भएको अडियो म‌ंगलबार दिउँसोसम्म सामाजिक स‌ंजालमा भाइरल भयाे । त्यसपछि मन्त्री आलेको सचिवालयले यो विषयमा मुख खोल्यो । मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मीले प्रेस विज्ञप्ति जारी गर्दै पुरानो भिडियो स‌ंवाद तोडमोड गरेर सार्वजनिक भएको उल्लेख गरेको छ । ‘यसबारे छानबिन गर्न प्रहरी प्रशासनलाई अनुरोध गर्दछाैं,’ स्वकीय सचिव रेग्मीको विज्ञप्तिमा छ, ‘हामीले कानुनी परामर्श थालिसकेका छौं ।’

विगतमा विवादित अभिव्यक्ति दिने र गतिविधि गर्ने मन्त्रीले पद गुमाएको उदाहरण छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भने मन्त्रीहरुका यस्ता गतिविधिहरुमा खासै चासो दिएका छैनन् । यसअघि भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवले हिंसा भड्काउने अभिव्यक्ति दिए पनि प्रधानमन्त्री अहिलेसम्म मौन छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP