शनिबार , बैसाख ६, २०८२

सिड्नी/अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका नर्स र मिडवाइफले मंगलबार एक दिन काममा हड्ताल गर्ने भएको छ । हड्ताल नगर्न इन्ड्रजट्रिअल रिलेसनस कमिसनले सोमबार निर्देशन समेत दिएको छ । तर निर्देशनको वेवास्ता गर्दै नर्सले मंगलबार दिनभर काम नगर्ने निर्णय गरेको हो । नर्सले काम नगर्दा राज्यभरका स्वास्थ्य सेवा प्रभावित हुने भएको छ ।

नर्सहरुले तलब सुविधामा २ दशमलब ५ प्रतिशतभन्दा बढी बृद्धी गर्नुपर्ने, तथा नर्सको संख्या वृद्धी गर्नुपर्ने माग गर्दै आएका छन् । न्यु साउथ वेल्स नर्स तथा मिडवाइफ एशोसियसनको नेतृत्वमा हड्ताल भइरहेको हो । सोमबार राज्यका स्वास्थ्य मन्त्री ब्राड हाजार्डसंगको छलफलले कुनै निकास दिन नसकेपछि एशोसियसनले यसअघि घोषणा गरेको हड्ताललाई निरन्तरता दिने वातावरण सृजना भएको हो ।

आज बिहान १० बजे सिड्नीको मख्य शहरमा भेला भई नर्सहरुले मार्चपास गर्दै संसद भवन जाने कार्यक्रम पनि तय भएको छ । हड्ताल गरिएपनि इमेरजेन्सी सेवामा भने नर्सहरु खटिने एशोसियसनले आश्वसन दिएको छ ।

@nepaltube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP