सोमबार , भाद्र १५, २०८३

सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच शनिबार छलफल हुने भएको छ । बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल हुन लागेको हो ।

आजको बैठकमा एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ । अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिइरहेको छ । तर, यसबारे सत्तारुढ गठबन्धनमा नै मतभेद रहेको छ । काँग्रेस एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने माओवादी र एकीकृत समाजवादी संशोधनसहित एमसीसी पारित गर्नुपर्ने बताउँदै आइरहेको छ । सरकारले अब बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेको छ ।

सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार पनि छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।

पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ गठबन्धनभित्र विवाद छ ।

नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा यो सम्झौता संसदबाट छिटो पारित गर्ने पक्षमा छन् । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल भने एमसीसी सम्झौता संशोधनविना पारित गर्न नहुने अडानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP