मंगलबार , अषोज २७, २०८३

विदेशी विद्यार्थीलाई आकर्षित गर्न अष्ट्रेलियाले भिषा शुल्क फिर्ता दिने घोषणा गरेको छ । तर, यस्तो सुविधा निश्चित समयमा अष्ट्रेलिया प्रवेश गरेका विद्यार्थीले मात्रै पाउछन् ।
१९ जनवरीदेखि १९ मार्च २०२२ को बिचमा अष्ट्रेलिया प्रवेश गर्ने विद्यार्थी भिषावहाकले यो सुविधा पाउनेछन् । विद्यार्थी भिषाको सबक्लासहरु ५००, ५६०, ५७०, ५७१, ५७२, ५७३, ५७४ र ५७५ वहाकले भिषा शुल्क फिर्ता पाउने भएका हुन् । तोकिएको समयभित्र आएका यी भिषा वहाकले सन् २०२२ को डिसेम्बर ३१ भित्रमा शुल्क फिर्ता लिन सक्नेछन् । भिषा शुल्क करिब ६३० डलर रहेको छ ।

कसरी फिर्ता लिने शुल्क ?

भिषा शुल्क फिर्ता लिनका लागि १४२४ नम्बरको फारम भर्नुपदर्छ । जसका लागि सबैभन्दा पहिले गृह मन्त्रालयको यो लिंकमा जानुहोस् । वेवसाइटमा रहेको फारम डाउनलोड गरेर भरेपछि दुइ तरिकाले आवेदन प्रकृया अघि बढाउन सकिन्छ । भिषा शुल्क इमि अकाउन्टमा तिरेकाहरुको हकमा त्यसमा लगइन गरेर म्यानेज पेमेन्टमा जानुपर्छ । त्यसपछि क्रेडिटमा गएर रिक्वेष्ट रिफण्ड थिच्नुपर्छ । रेक्वेष्ट गरेपछि पनि अनिवार्य रुपमा १४२४ नम्बरको फारम भर्नुपर्छ । इमि अकाउण्टबाट पैसा तिरेको होइन भने चाहि १४२४ नम्बरको फारम भरे पुग्छ । भरेको फारमलाई आफु बस्ने राज्यको नजिकैको गृह मन्त्रालयको कार्यलयमा पोष्ट गर्नुपर्छ । आवेदन दिएको केही दिनमा भिषावापत तिरेको पैसा तोकिएको बैंक खातामा जम्मा हुन्छ । पोष्ट गर्ने कार्यलयहरुको विवरण यहाँ छ ।  

Via: Nepaltube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP