मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ — एमसीसीको विषयमा नेपालले ५ वर्षअघि गरेको प्रतिबद्धता पूरा नगरे अमेरिकाले नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्नसक्ने भन्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरुलाई चेतावनी दिएका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गर्दै उक्त सम्झौता संसद्‍बाट अनुमोदन गर्न पनि आग्रह गरेका छन् । फेब्रुअरी २८ सम्म यदी नेपालले एमसीसी सम्झौता अनुमोदन नगरेमा अमेरिकाले नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्ने उनको भनाइ थियो ।एमसीसी उपाध्यक्ष फातिमा सुमारको प्रतिक्रिया आएपछि अमेरिकी मन्त्रीले टेलिफोन गरेका हुन् ।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार विदेशमन्त्री लुले ओलीलाई ‘एमसीसी तपाईंहरु सबै मिलेर पारित गर्नुहोस् भनेर आग्रह गरेका थिए ।

‘पारित नगर्दा अप्ठेरो पर्छ सहमति भईसकेको विषयमा अलमल नगरिकन तपाईंहरुले पारित गर्नहोस् । त्यसो गर्नु नै नेपाल अमेरिका सम्बन्धका लागि राम्रो हुन्छ’ लुले ओलीसँग राखेको भनाई उल्लेख गर्दै भट्टराईले इकान्तिपुरसँग भने ।

अध्यक्ष ओलीले भने एक दुईवटा विषयहरुका कारण नेपाल र अमेरिकाको सम्बन्ध तलमाथि नहुने बताएका थिए । ‘सत्तारुढ पार्टीहरु मिलेका छन् तपाईंले यहाँ आएर बुझ्नुभएकै छ । त्यसैले जे कुरा उहाँहरुले ल्याउनुहुन्छ । हामी हेरिरहेका छ‌ौं । उहाँहरुले पोजिसन नबनाएका कारण हामीले पनि अहिले पोजिसन बनाउनु आवश्यक ठानेका छैनौै‌ं’ ओलीले लुलाई भनेका थिए,’ नेपाल अमेरिकाकाे सम्बन्ध एउटा-एउटा इस्यूका आधारमा तलमाथि हुन्छ भन्ने ढ‌ंगले हेर्नु हुँदैन ।’

का‌ंग्रेस प्रवक्ता प्रकाशशरण महतले एमसीसीकै सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP