मंगलबार , बैसाख २९, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले मंगलबार पार्टी परित्याग गरे ।

आफूलाई महाधिवेशनमा हराउने निर्मल निवासमाथि छानविन गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै थापाले मंगलबार दिउँसो गृहजिल्ला हेटौंडा पुगेर आफू राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।

‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु,’ उनले भनेका छन्, ‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’

थापा अलग भएसँगै उनको समूहले नै राप्रपा छोड्ने चर्चा भइरहेको छ । नयाँ पार्टी दर्ताको तयारीमा रहेका थापाले समग्रतामा राप्रपा फुटाएका छन् । यता वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । थापा टिम तयार गरेर अघि बढिसकेका छन् । थापाले पार्टी परित्याग गरेसँगै उनले दुई वर्षअघि गरेको प्रतिज्ञाको चर्चा भइरहेको छ ।

‘परापूर्वकालमा गीतालाई सत्यको प्रतिक मानिन्थ्यो । सत्य बोल्नु धर्म मानिन्थ्यो । त्यतिबेला अदालत नहुँदा धर्मलाई सर्वपरी मानिन्थ्यो । गीतामा छोएर कसम खानु भनेको सत्यभन्दा अरु केही बोल्दिन भन्ने थियो,’ ज्योतिषी शास्त्रीले भने, ‘धर्तीमा धर्म छ भने असत्य बोल्यो भने २१ कुलसम्म नास हुन्छ, नर्कमा बास हुन्छ भन्ने मान्यता हो ।’

२०७६ फागुन २७ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को एकता घोषणासभामा तिनै थापाले गीतामा हात राखेर अब कहिल्यै पार्टी नफुटाउने प्रतिज्ञा गरेका थिए । प्रतिज्ञा गरेको दुई वर्ष नवित्दै मंगलबार थापाले सनातन धर्मको पवित्र ग्रन्थ गीताको कसम तोडेका छन् ।

दुई वर्षअघि थापाले आफै गीता बोकेर एकता घोषणासभामा हात राखेर कसम खाएका थिए । साथै अर्का दुई अध्यक्ष पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई पनि गीतामा हात राखेर पार्टी नफुटाउने कसम खान लगाएका थिए । ‘पार्टीलाई माया गर्ने साथीलाई साक्षी राखेर प्रतिज्ञा गर्दछु, म कहिल्यै पनि पार्टी फुटाउने छैन । तपाईंहरूलाई विश्वास लागेन ? मैले गीता ल्याएको छु,’ खल्तीबाट गीताको पुस्तक निकाल्दै थापाले भनेका थिए, ‘यो गीता हातमा राखेर म भन्छु, राप्रपा अब कहिले फुट्दैन ।’

पटक पटक मिल्दै र पार्टी फुट्दै गरेको इतिहास सम्झदै गीताको पुस्तक हातमा लिएर पार्टी नफुटाउने र फुट्न नदिने कसम खाएका थापाले गत मंसिरमा सम्पन्न एकता महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै आफ्नो प्रतिज्ञा तोडेर आफ्नै वचनको उपहास गरेका छन् ।

गीता छोएर खाएको कसम तोड्दा के हुन्छ भनेर हामीले ज्योतिषी डा. वासुदेव कृष्ण शास्त्रीलाई जिज्ञासा राख्दा उनले सत्यको नाश हुने बताए । ‘परापूर्वकालमा गीतालाई सत्यको प्रतिक मानिन्थ्यो । सत्य बोल्नु धर्म मानिन्थ्यो । त्यतिबेला अदालत नहुँदा धर्मलाई सर्वपरी मानिन्थ्यो । गीतामा छोएर कसम खानु भनेको सत्यभन्दा अरु केही बोल्दिन भन्ने थियो,’ शास्त्रीले भने, ‘धर्तीमा धर्म छ भने असत्य बोल्यो भने २१ कुलसम्म नास हुन्छ, नर्कमा बास हुन्छ भन्ने मान्यता हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP