मंगलबार , अषोज २७, २०८३

नेपाली क्रिकेट टोलीले युनाइटेड अरव इमिरेट्स (यूएई)मा आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखला खेल्ने भएको छ ।

नेपालले मार्चमा यूएई र पपुवा न्युगिनी (पीएनजी)सँग त्रिदेशीय शृंखला खेल्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार मार्चमा त्रिदेशीय शृंखला हुने भए पनि मितिको टुंगो नलागेको जनाएको छ । नेपालले खेल्ने शृंखला मार्च तेस्रो साता हुने सम्भावना रहेको बताइएको छ । नेपालले आईसीसी क्रिकेट क्रिकेट विश्वकप लिग–२ मा अहिलेसम्म दुईवटा शृंखलामात्र खेलेको छ । नेपालले ओमान र अमेरिकासँग २०२० मा काठमाडौं र गत असोजमा ओमानमा त्रिदेशीय शृंखला खेलेको थियो ।

आठ खेलबाट आठ अंक जोडेको नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । २२ खेलबाट २९ अंक जोडेको ओमान शीर्ष स्थानमा छ । १२ खेलबाट १६ अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । १६ खेलबाट १४ अंक जोडेको अमेरिका तेस्रो स्थानमा छ । ९ खेलबाट ११ अंक जोडेको यूएई चौथो स्थानमा छ । ९ खेलबाट १० अंक जोडेको नामिबिया पाँचौं स्थानमा छ । १२ खेलमा अंकविहीन रहेको पीएनजी सातौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP