आइतबार , जेठ २६, २०८२

आज २०२२ को ७ फेब्रुवरी । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः

अस्ट्रेलियाको डढेलो

सन् २००९ मा अस्ट्रेलियाको जंगलमा लागेको डडेलोमा आगलागीमा १७३ जनाको मृत्यु भएको थियो । सो आगलागी अस्ट्रेलियाको इतिहासमै दुःखद राष्ट्रिय विपद् हो ।

म्यास्ट्रिच सन्धिमा हस्ताक्षर

सन् १९९२ मा म्यास्ट्रिच सन्धिमा हस्ताक्षर भएको थियो । सन्धिमा हस्ताक्षरसँगै युरोपेली युनियनको स्थापनाको ढोका खुलेको थियो । सन्धिले युरोपेली देशमा साझा मुद्रा युरोलाई मान्यता दिएको थियो ।

हैटीका राष्ट्रपतिले देश छोडेको दिन

सन् १९८६ मा हैटीका राष्ट्रपति जीन क्लाउडे बेबी डस डर्भालिएर २८ वर्ष लामो शासनपछि देश छोडेका थिए । देश छोडेको पाँच वर्षपछि सोही दिन हैटीमा पहिलो पटक प्रजातान्त्रिक रुपमा निर्वाचत नेता जीन बर्टान्ड अरिस्टाइडले राष्ट्रपतिको सपथ खाएका थिए ।

अन्तरिक्षमा पैदल यात्रा

सन् १९८४ मा नासाका अन्तरिक्षयात्रीहरुले पहिलो पटक डोरीको सहायताबिना अन्तरिक्षमा हिडेका थिए । ब्रुस म्याकक्याडलेस र रोबर्ट एल स्टिवार्ट स्वतन्त्रपूर्वक अन्तरिक्षमा घुमेको तस्विर सन् १९८० को दशकको चर्चित तस्बिर हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP