मंगलबार , असार २३, २०८३

काठमाडौं। माघ महीनाको तेस्रो साता वितिसक्दासम्म १५ ओटा विकास बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। उक्त वित्तीय विवरण अनुसार सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले ६१ करोड ५५ लाख नाफा कमाएको छ। यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ३० प्रतिशतले वृद्धि भएको हो।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा  ४७ करोड २५ लाख नाफा कमाएको थियो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत १८ ओटा विकास बैंकमध्ये सप्तकोशी डेभलपमेण्ट बैंक, तिनाउ विकास बैंक र सहारा विकास बैंकले मात्र चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेका छैनन्।

सार्वजनिक गरेको १५ ओटा कम्पनीमध्ये ६ ओटा विकास बैंकको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ। नाफा घटेका ५ओटा कम्पनीमध्ये सबैभन्दा बढी ग्रीन डेभलपमेण्ट बैंकको नाफा ७१ प्रतिशतले कमि आएको हो। चालू आवको दोस्रो त्रैमासमा नारायणी डेभलपमेण्ट बैंकले ८४ लाख ४१ हजार नोक्सानी व्यहोरेको छ। प्रतिशेयर आम्दानी सबैभन्दा बढी कामना सेवा विकास बैंकको ३० दशमलव ७१ रहेको छ।

कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको हो। कम्पनीको प्रतिशेयर आम्दानी गत आवको दोस्रो त्रैमासमा  ११ दशमलव ६९ थियो। उक्त कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा १६२ प्रतिशतले वृद्धि भएको हो। कम्पनीले गत आवको दोस्रो त्रैमासमा  १४ करोड ८५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ३९ करोड पुगेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP