शुक्रबार , भाद्र १२, २०८३

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपाली सामुदायिक भवन बन्ने भएको छ। भवन निर्माणाका लागि अष्ट्रेलियन सरकारले १० लाख डलर अनुदान दिने भएको छ ।

अष्ट्रेलियाको संघीय सरकारले नेपाली समुदायका लागि दिने भनिएको १० लाख डलर अनुदानको प्रकृया अन्तिम चरणमा पुगेको छ । सन् २०१९ को संघीय आम निर्वाचन ताका सिड्नीको एक उमेद्वार डेभिड कोलम्यानले नेपाली सामुदायिक केन्द्रका लागि १० लाख डलर अनुदान उपलब्ध गराउने घोषणा गरेका थिए ।

घोषित अनुदान प्राप्त गर्न आवश्यक तयारी र समन्वय गर्ने कार्य सिड्नीस्थित नेपलिज अष्ट्रेलियन एशोसियसनले गर्दै आएको छ । हालै एशोसियसनले जुममार्फत पत्रकार सम्मेलन गरि पछिल्लो प्रगतीबारे जानकारी गराएको हो ।

एशोसियसनले जारी गरेको विज्ञप्ति अनुसार यसअघि सामुदायिक केन्द्रको विस्तृत संभाव्यता अध्ययन रिपोर्ट संघीय सरकारको इन्फास्टक्चर, ट्रान्सपोर्ट, सिटिज र रिजनल डेभलपमेन्ट विभागमा बुझाइ सकिएको छ ।

रिपोर्ट प्रस्ताव अनुसार सामुदायिक केन्द्र निमार्णका लागि १२ लाख ५० हजार डलर खर्च हुने अनुमान गरिएको छ । जसमा १० लाख जग्गा र भवन खरिदका लागि खर्च हुनेछ भने बाकी रकम प्रशासनिक तथा मर्मत संभारमा खर्च हुने उल्लेख छ । थप ५० हजार डलर चाहि भइपरी आउने क्रियाकलापमा खर्च गरिने बताइएको छ ।

अनुदान स्विकृत हुनका लागि सरकारले दिने पैसाले जागिर सिर्जना गरी आर्थिक गतिविधी चलायमान हुनपर्ने सर्त अनिवार्य गरिएको छ । सरकारले दिएको पैसाले जग्गा मात्रै खरिद गर्दा स्थानिय स्तरमा जागिरको सृजना नहुने भएकाले विभागको सल्लाह बमोजिम थप तीन लाख डलर समुदायस्तरबाट संकलन गरि त्यसबाट रोजगारीजन्य आर्थिक कृयाकलाप गर्ने गरि यस अघिको रिपोर्टलाई परिमार्जन गरिएको छ ।

संघीय सरकारले दिने १० लाख डलर बाहेक अन्य ३ लाख डलर चाहि समुदायबाट चन्दा संकलन गरिने एशोसियसनले तयारी थालेको छ । चन्दा संकलनका लागि १५१ सदस्यी सामुदायिक केन्द्र डेलिभरी एम्बास्डर समुह गठन भएको छ ।

विभागको अपेक्षा अनुसार फेब्रवरी महिनाभित्र ३ लाख डलर चन्दा संकलन गरिसक्नुपर्ने एशोसियसनले जनाएको छ । समयमै चन्दा संकलन भएर मापदण्ड पुरा भएमा सन् २०२१ को जुनभित्र अनुदान रकम नेपाली समुदायले पाउनेछ । त्यस्तै सन् २०२२ को मार्चभित्र भवन खरिद गरि मर्मत संभार गरेर सामुदायिक केन्द्र तयार हुने बताइएको छ ।

नेपाली समुदायको पहिलो बृहद सामुदायिक केन्द्र निमार्णमा सहयोग गर्न एशोसियसनले सबै नेपालीलाई अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP