शुक्रबार , भाद्र १२, २०८३

हाेबार्ट। अस्ट्रेलियाकाे तास्मानिया राज्यमा रहेको उत्तरी क्षेत्रमा ठुलो वर्षा तथा हुरी बतासका कारण हजारौँ घरहरूमा बन्द भएको विद्युत् आपूर्ति पुन :सुचारु भएको छ ।
खासै ठुलो क्षति नभए पनि स्टेट इमरजेन्सी सर्भिस (एस ई एस) लाई उत्तर—पश्चिमी क्षेत्रको विभिन्न व्यक्तिबाट ५० वटा भन्दा बढी फोन आएको थियो । करिब २ हजार ५ सय घरमा रातभर विद्युत् आपूर्ति बन्द भएको थियो । प्रहरीले कतिपय सडक पानीका कारण प्रभावित भएको जनाएको छ । बिहान पाँच बजेसम्म २४ घण्टामा उत्तर तथा उत्तर—पश्चिमी क्षेत्रमा एक सय मिलिमिटर भन्दा बढी वर्षा भएको थियो । वेनयार्ड सहरमा फेब्रुअरीमा भएको विगत ३० वर्षपछिकै ठुलो वर्षा भएको बताइएको छ । ३० वर्ष पहिले वेनयार्डमा फेब्रुअरीमा ९९.८ मिलिमिटर वर्षा भएको थियो ।

तास्मानियाको मौसम विभागले जनाए अनुसार वेनयार्डमा सन् २०१६ को जुन ६ तारिखपछिकै ठुलो वर्षा हो । तास्मानियाको अधिकांश नदीहरु बाढीको तह भन्दा तल रहेपनि उत्तरी क्षेत्रमा भने पानीको बहाव बढ्दै गएको बताइएको छ । तर राज्यको कैयौ क्षेत्रमा बाढीको चेतावनीलाई कम गरिएको छ ।
तास्मानियाको उत्तरी क्षेत्रमा रहेको बल्याकउड क्रमिककी निवासी आयल्सा वोनेलले क्रिमका पानीले भरीभराउ भएको थियो जसका कारण उनलाई आफ्नो घर छाड्नु परेको थियो । वोनेलले बताए अनुसार फ्रिज, कपवोर्ड तथा बाथरुममा पानी प्रवेश गरेको थियो ।
वाराताह वेनयार्डका मेयर रोवी वाल्सले बताए अनुसार काउन्सीलका कामदारहरू नालाहरूलाई खोल्नमा व्यस्त रहेका थिए । उनका अनुसार ६ इन्चसम्म पानी जम्मा भएको थियो ।

वेनयार्डका स्थानीयहरूले हालसम्म यति ठुलो वर्षा नदेखेको बताए । तस्मानियाको होवार्टमा ४० मिलिमिटर तथा कुनान्या÷माउन्ट वेलिङटनमा ६९ मिलिमिटर वर्षा भएको बताइएको छ ।
गयराती तास्मानियाको उत्तर पश्चिम क्षेत्रमा परेको बर्षाका कारण साँझ कामबाट फर्किने कतिपय मानिसहरु प्रभावित भएका थिए । बर्नि, डेभनपोर्ट, पेन्गुइन, ल्याट्रोव, स्प्रेटन तथा उत्तर पश्चिम क्षेत्रमा भारि वर्षा भएको थियो । साे क्षेत्रमा शनिबार साँझ समेत बर्षा हुने माैसम विभाग तास्मानियाले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP