बुधबार , चैत्र २६, २०८१

हाेबार्ट। अस्ट्रेलियाकाे तास्मानिया राज्यमा रहेको उत्तरी क्षेत्रमा ठुलो वर्षा तथा हुरी बतासका कारण हजारौँ घरहरूमा बन्द भएको विद्युत् आपूर्ति पुन :सुचारु भएको छ ।
खासै ठुलो क्षति नभए पनि स्टेट इमरजेन्सी सर्भिस (एस ई एस) लाई उत्तर—पश्चिमी क्षेत्रको विभिन्न व्यक्तिबाट ५० वटा भन्दा बढी फोन आएको थियो । करिब २ हजार ५ सय घरमा रातभर विद्युत् आपूर्ति बन्द भएको थियो । प्रहरीले कतिपय सडक पानीका कारण प्रभावित भएको जनाएको छ । बिहान पाँच बजेसम्म २४ घण्टामा उत्तर तथा उत्तर—पश्चिमी क्षेत्रमा एक सय मिलिमिटर भन्दा बढी वर्षा भएको थियो । वेनयार्ड सहरमा फेब्रुअरीमा भएको विगत ३० वर्षपछिकै ठुलो वर्षा भएको बताइएको छ । ३० वर्ष पहिले वेनयार्डमा फेब्रुअरीमा ९९.८ मिलिमिटर वर्षा भएको थियो ।

तास्मानियाको मौसम विभागले जनाए अनुसार वेनयार्डमा सन् २०१६ को जुन ६ तारिखपछिकै ठुलो वर्षा हो । तास्मानियाको अधिकांश नदीहरु बाढीको तह भन्दा तल रहेपनि उत्तरी क्षेत्रमा भने पानीको बहाव बढ्दै गएको बताइएको छ । तर राज्यको कैयौ क्षेत्रमा बाढीको चेतावनीलाई कम गरिएको छ ।
तास्मानियाको उत्तरी क्षेत्रमा रहेको बल्याकउड क्रमिककी निवासी आयल्सा वोनेलले क्रिमका पानीले भरीभराउ भएको थियो जसका कारण उनलाई आफ्नो घर छाड्नु परेको थियो । वोनेलले बताए अनुसार फ्रिज, कपवोर्ड तथा बाथरुममा पानी प्रवेश गरेको थियो ।
वाराताह वेनयार्डका मेयर रोवी वाल्सले बताए अनुसार काउन्सीलका कामदारहरू नालाहरूलाई खोल्नमा व्यस्त रहेका थिए । उनका अनुसार ६ इन्चसम्म पानी जम्मा भएको थियो ।

वेनयार्डका स्थानीयहरूले हालसम्म यति ठुलो वर्षा नदेखेको बताए । तस्मानियाको होवार्टमा ४० मिलिमिटर तथा कुनान्या÷माउन्ट वेलिङटनमा ६९ मिलिमिटर वर्षा भएको बताइएको छ ।
गयराती तास्मानियाको उत्तर पश्चिम क्षेत्रमा परेको बर्षाका कारण साँझ कामबाट फर्किने कतिपय मानिसहरु प्रभावित भएका थिए । बर्नि, डेभनपोर्ट, पेन्गुइन, ल्याट्रोव, स्प्रेटन तथा उत्तर पश्चिम क्षेत्रमा भारि वर्षा भएको थियो । साे क्षेत्रमा शनिबार साँझ समेत बर्षा हुने माैसम विभाग तास्मानियाले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु