मंगलबार , अषोज २७, २०८३

अस्ट्रेलियाको जिलोङमा पाको महोत्सव मनाइँदैछ ।

एक लाखभन्दा बढीको सहभागिताका बीच विविध कार्यक्रम गरी यो महोत्सव मनाइनेछ ।१९८३ बाट शुरु गरिएको बहु साँस्कृतिक पाको महोत्सवमा नेपालीहरुको सहभागिता २०१३ बाट रह्यो । पहिलो वर्षबाटै महोत्सवमा नेपाल झल्काउने किसिमका पहिरन, नेपाली झन्डा, ब्यानरसहितको परेड र स्टलमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा मात्रै नभएर कुमारीको देशको रुपमासमेत चिनाउने काम भए ।

तत्कालिन नेपाल टुरिज्म बोर्डका अध्यक्ष एबं संस्कृति, पर्यटन एबं सिभिल एभियसन मन्त्रालयका सचिव सुशिल घिमिरेको उपस्थिति रहेको कार्यक्रममा मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाहले कुमारी भेषमा परेडमा सहभागी भै स्टेजमा कुमारी नृत्य प्रदर्शन गरेकी थिइन ।बहुभाषिक र बहु-सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा अस्ट्रेलियाकै एक किसिमले सबैभन्दा ठूलो महोत्सवको रुपमा मानिने पाको फेस्टामा आयोजक संस्थासँग आबद्ध भएका जातिय संस्था र संगठनहरुले आ-आफ्नो सांस्कृतिक चाल-चलन, रितिरिवाज, खानपान आदिको निरन्तरता र प्रचार प्रसारलाई प्रोत्साहन गर्दै नाच-गान, कार्यशाला गोष्ठी, प्रदर्शन जस्ता विविध कार्यक्रम गर्ने गरिन्छ ।

२०१३ मा नेपालको कुमारी आकर्षणको केन्द्र बनेको थियो र कुमारीको विषयले स्थानीय पत्रिकामा स्थान पनि पाएको थियो । त्यसपछिका वर्षमा लाखे नाच पनि विदेशीको आकर्षणको केन्द्र बन्न पुगेको थियो ।

कोरोनाका कारण पहिला पहिला जस्तै गरी पाको महोत्सव नमनाइने भएपनि यो वर्ष २६ फरवरीका दिन सामान्य तवरबाट मनाइन लागिएको यो महोत्सवमा स्थापना भएको एक वर्षभित्रमा नै ३०० भन्दा बढी सदस्य बनाउन र थुप्रै महत्वपूर्ण कार्यक्रम गर्न सफल ग्रेटर जिलोङ नेपाली समाजले पनि नेपालको प्रवर्द्धन गर्ने तयारी गरिराखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP