बुधबार , जेठ ८, २०८२

बुटवल । प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनका विरुद्धमा नेपाली कांग्रेस निकट पेशागत संजाल र जनबर्गिाय संगठनहरुले बुटवलमा सांकेतिक प्रदर्शन गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत कांग्रेस पार्टीको शुभेच्छुक संस्थाहरुले प्रतिनिधि सभा विघटन विरुद्ध शनिबार देशभर प्रदर्शन गरेका हुन् ।

कांग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत पार्टीका १८ शुभेच्छुक संस्थाले बुटवलमा सरकार विरुद्ध प्रदर्शन गरे ।

बिहान बुटवलको राजमार्ग चौराहामा भेला भएका कांग्रेस भातृसंगठनका समर्थकहरुले राजमार्ग चौराहाबाट मिलनचौकसम्म प्रदर्शन गरेका थिए । उनीहरुले राजमार्ग चौराहदेखी मिलनचोक सम्म सडकको एकापट्टीको लेनमा मुखमा कालो माक्स लगाएर प्ले कार्ड र व्यानर सहित प्रदर्शन गरेका थिए।

कांग्रेसले संसद विघटनको विरुद्धको आन्दोलनलाई निश्क्रिय रहेका कार्यकर्ता परिचालनको माध्यम पनि बनाएको छ । यस अघि निर्वाचन क्षेत्र, पालिका हुंदै देशका सबै वार्डहरुमा प्रदर्शन गरेको कांग्रेसले आज शुभेच्छुक र जनवर्गिय संगठन परिचालन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP