बुधबार , भाद्र १७, २०८३

‘सुनको सिरानी गरी नुनको खोजी गर्ने हिमाली जिल्ला मुगुका नागरिक एक वर्षमा २० किलोग्राम मात्र नुन पाउने गरेका छन् । जिल्लाको खत्याड गाउँपालिकाका स्थानीय वर्षमा एकपटक अनुदान पाउने नुनमा चित्त बुझाएका छन् ।

विगतका वर्षमा अन्य जिल्लाबाट ल्याएर नुन उपभोग गर्न बाध्य स्थानीयलाई यस वर्ष भने सरकारले खत्याडमै नुन पठाएको छ । घर आँगनमै २० किलो नुन पाउँदा खुसी भएको खत्याड गाउँपालिका वडा नं १ का स्थानीय मानबहादुर बुढाले बताए ।

सरकारले एक परिवारलाई दिएको २० किलो नुन अपर्याप्त रहेको उनको गुनासो छ । घर आँगनमै नुन आउँदा खुसी भएका छौ, तैपनि यो नुन निकै कम हो । घरमा भेडाबाख्रा, भैंसी लगायत पशु चौपायालाई यसले पुग्दैन,ु उनले थपे । हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लाहरुमा नेपाल सरकारले विगतका वर्षहरूदेखि आयोडिनयुक्त नुन अनुदानमा वितरण गर्दै आइरहेको छ ।

विकट हिमाली जिल्ला मुगुमा रहेका छायाँनाथ रारा नगरपालिका र मुगम कामारोङ गाउँपालिकामा रहेका स्थानीय नागरिकलाई साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कम्पनीको डिपो कार्यालय गमगढी बजारबाट नियमित नुन वितरण गर्दै आइरहेको छ । सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा भने वार्षिक रुपमा कम्पनीबाट अनुदानको आयोडिन नुनको कोटा छुट्याएको हुन्छ । सोहीअनुसार चालू आव २०७८–०७९ मा खत्याड गाउँपालिकाको लागि स्वीकृत एक हजार क्विन्टल अनुदानको नुन ४२ सय घरधुरीलाई ९ रुपैयाँको दरले प्रति घर २० किलो र अन्य कर्मचारीहरुलाई मिलाएर वितरण गरिएको छ ।

सोरु गाउँपालिकामा माघ महिनाको अन्तिमसम्म नुन वितरण गरिने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा मुगुका डिपो प्रमुख खगेन्द्र कार्कीले बताए । माथिल्लो मुगुमा भने स्थानीयले तिब्बतबाट ढिके नुन ल्याएर उपभोग गर्दै आएका छन् । सहजै आयोडिनयुक्त नुन नपाइने भएपछि ५ गाविसका स्थानीय तिब्बत जाने गरेका हुन् । साल्ट ट्रेडिङले भने गोदाम आइपुग्ने जोसुकैलाई आवश्यकताअनुसार नुन दिने गरिएको जनाएको छ ।

जिल्लामा वार्षिक नुनको स्वीकृत कोटा ५ हजार ८ सय क्विन्टल छ । सोरु र खत्याड भेगका १४ गाविसका लागि ठेकेदारले साँफे बगरबाट नुन ढुवानी गर्ने गरेका छन् । सदरमुकाममा भने नेपालगन्जबाट गाडीमार्फत ढुवानी हुने गरेको छ ।
सोरु र खत्याड भेगका लागि नुन अझै पर्याप्त छैन । सोरु र खत्याड भेगका लागि करिब १० हजार क्विन्टल नुन आवश्यक देखिएको छ । सोरु भेगका ७ गाविसका निम्ति पर्याप्त नुन नहुँदा स्थानीय दुई दिन हिँडेर सदरमुकाम आई भेडा र खच्चडमा बोकाएर नुन लैजाने गरेका छन् । सदरमुकाम गमगढी बजारमा पनि लामो समय सम्म पालो कुरेपछि मात्र नुन पाईने गरेको यहाँका स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP