बिहिबार , जेठ ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ओली पक्षका अधिवक्ताहरुको न्यायाधीसहरुको प्रस्नबाटै ओँठतालु सुकेको बताएका छन् । शनिबार गृहजिल्ला तनहुँमा आयोजित शुभेच्छुक संस्थाको विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले पछिल्लो समय प्रधानमन्त्री ओलीको पनि ओठ तालु सुकिसकेको बताए ।

नेता पौडेलले संविधान हेरेर निर्णय गर्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय उल्टिने दावी गर्दै मनमोहन अधिकारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय उल्टिएको र अहिले पनि संविधान हेरेर र पढेर अगाडि बढे प्रतिनिधि सभा पुनर्स्थापना हुने दावी गरे ।

उनले असंवैधानिक प्रतिनिधिसभा विघटनलाई संवैधानिक बनाउन प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताए।

‘मैले हिजो प्रधानमन्त्री केपी ओलीको भाषण पनि सुने, तिनको पनि ओठतालु सुकेको छ, हिजो मेले अदालतको बहस हेरेँ, त्यहाँ पनि ओलीका वकिलहरुको ओठतालु सुकेको छ’, पौडेलले भने, ‘प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्छ भन्ने कुरा बलियो भएर आएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP