सोमबार , चैत्र २४, २०८१

भारतीय क्रिकेट टिमका ४ खेलाडीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय टोलीका ४ खेलाडीसहित सात जनामा संक्रमण देखिएको हो।

भारतले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि राष्ट्रिय टोलीमा समेटिएका खेलाडी र अफिसियलमा संक्रमण देखिएको हो।क्रिकइन्फोका अनुसार शिखर धवन, श्रेयस आयर, रुतुराज गायकवाड र नभदिप सैनीलाई संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका खेलाडी र अफिसियल आइसोलेसनमा बसेको भारतीय मिडियाले जनाएका छन्। भारतले घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्ध एकदिवसीय र टी–ट्वान्टी सिरिज खेल्नेछ।

एक दिवसीय सिरिज फेब्रुअरी ६ बाट सुरु हुनेछ भने टीट्वान्टी फेब्रुअरी १६ बाट हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

सफल पोखरा अन्तराष्ट्रीय म्याराथनमा सहभागी हुन गुरुङ्ग दाम्पत्ती पोखरा जॉदै।

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP