मंगलबार , बैसाख २९, २०८३

क्रिप्टोकरेन्सीको आगमनसँगै विश्वको डिजिटल दुनियाँमा एक प्रकारको क्रान्ति नै आएको छ। पछिल्लो समयमा एक नयाँ विषय पनि निकै चर्चामा छ, त्यो हो एनएफटी।विश्वमा विभिन्न एनएफटीहरु करोडौँ डलरमा बिक्री भएका समाचार पनि सुन्न पाइन्छ।

कतिपय सेलिब्रेटीहरुसमेत एनएफटीको दुनियाँमा उपस्थित भैसकेका छन्।

आखिर के हो एनएफटी ?

एनएफटी अर्थात् नन फङ्गिबल टोकन एक डिजिटल सम्पत्ति हो। यो ब्लकचेन प्रविधिमा आधारित छ । यसको मद्दतले तस्वीर, जीआईएफ, भिडियो क्लिप, पेन्टिङ तथा अन्य डिजिटल सम्पत्तिहरुको स्वामित्वको हक तय गरिन्छ। त्यसपछि उक्त सम्पत्तिलाई खरीद बिक्री गर्न सकिन्छ । एनएफटीको खरीद तथा बिक्री डिजिटल रुपमै हुन्छ ।सरल शब्दमा भन्नुपर्दा डिजिटल सम्पत्तिलाई एनएफटी गराउनुको अर्थ त्यसको स्वामित्वको हक लिनु हो। यदि तपाईले एनएफटी खरीद गर्नुभयो भने एउटा टोकन प्राप्त गर्नुहुन्छ ।

उक्त टोकन प्राप्त गरिसकेपछि सम्बन्धित डिजिटल सम्पत्तिको वास्तविक स्वमित्व प्राप्त हुन्छ । त्यसपछि तपाईले उक्त डिजिटल सम्पत्तिलाई आफ्नो किसिमले बेच्न सक्नुहुन्छ ।

एनएफटी र अन्य सामान्य खरीद बिक्रीमा फरक फंगिबल वस्तुहरुलाई समान मूल्यका वस्तुहरुसँग साट्न सकिन्छ । उदाहरणका लागि १० डलरको एउटा नोटलाई अर्को १० डलरको नोटसँग साट्न सकिन्छ ।

क्रिप्टोकरेन्सी पनि फंगिबल हुन्छ । तर नन फङ्गिबल टोकन अर्थात् एनएफटी यस्तो हुँदैन। क्रिप्टोकरेन्सी जस्तै एनएफटीको खरीद बिक्रीका लागि विशेष प्लाटफर्म उपलब्ध हुन्छन् ।

कुनै एनएफटीको बिक्रीको अर्थ यो होइन कि जुन सम्पत्तिको लागि टोकन छ त्यो वस्तु नै भौतिक रुपमा आदानप्रदान हुन्छ। उदाहरणका लागि कुनै प्रसिद्ध पेन्टिङको एनएफटी बिक्री हुँदा खरीदकर्तालाई भौतिक रुपमै पेन्टिङ प्राप्त हुँदैन।

वास्तविक वस्तुको भन्दा एनएफटीको स्वामित्वको हकको प्रमाणपत्र खरीद बिक्री हुन्छ । उक्त प्रमाणपत्र एक डिजिटल वालेटमा रहन्छ।

यद्यपि नेपालमा क्रिप्टोकरेन्सी तथा एनएफटीको कारोबार वैध छैन। तर छिमेकी मुलुक भारत लगायतका सबैजसो मुलुकहरुमा ग्राफिक डिजाइनर, डिजिटल कलाकार, डिजिटल गेमिङ उद्योगका मानिसहरु एनएफटीमा आफ्नो कला तथा सम्पत्तिको बिक्री गरेर मनग्गे आर्जन गरिरहेका हुन्छन् । यसका साथै कतिपय सेलिब्रेटीहरुले पनि आफ्ना एनएफटी संकलनहरु लञ्च गरेका हुन्छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP