सोमबार , जेठ १३, २०८२

विश्व स्वास्थ्य संगठनका एक अधिकारीले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको बताएका छन् ।

मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले अनलाइनमार्फत् ब्रिफिङ गर्दै ओमिक्रोनको ‘सब भेरियन्ट’ (सहप्रजाति) बीए.२ नेपालसहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको बताएका हुन् ।तर, ‘बीए.२’ सब भेरियन्ट सुरुको ओमिक्रोन भेरियन्ट बीए.१ जस्तै भएको पनि पाभलिनको भनाइ थियो । बीए.२ ले बीए.१ सब भेरियन्टलाई उछिन्न थालेको भए पनि अस्पताल भर्ना हुने संक्रमितको संख्या नबढेको उनले बताए ।

पाभलिनले भने, ‘बीए.२ ले उछिन्न थालेका मुलुकमा हेर्ने हो भने अस्पताल भर्ना हुनेको संख्या सोचभन्दा बढी नभएको देखिरहेका छौं ।‘ विद्यमान खोपले ओमिक्रोन र यसका सब भेरियन्टविरुद्ध निकै राम्रो काम गरेको पनि उनको भनाइ थियो ।‘ओमिक्रोनसहित गम्भीर रोगविरुद्ध खोपले निकै राम्रो सुरक्षा दिएको छ’, पाभलिनले भने, ‘बीए.२ले बीए.१ लाई तीव्र रुपमा प्रतस्थापन गरिरहेको छ, तर थप तथ्य आवश्यक भए पनि यसको असर त्यति ठूलो हुने संभावना छैन ।‘

डेनमार्कसहितका मुलुकमा ओमिक्रोनको ओरिजिनल सब भेरियन्ट बीए.१ लाई बीए.२ ले प्रतिस्थापन गर्न थालेपछि पाभलिनको पछिल्लो भनाइ आएको हो । उनका अनुसार बीए.२ले बीए.१ सब भेरियन्टलाई विश्वभर प्रतिस्थापन गर्न सक्छ ।

यसैबीच, डेनमार्कमा डिसेम्बर र जनवरीमा गरिएको एक अध्ययनले ओमिक्रोनको बीए.१ भन्दा बीए.२ सब भेरियन्ट बढी संक्रामक भएको र यसले खोप लगाएका मानिसलाई समेत संक्रमण गर्न सक्ने देखाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्ताव, ओली सहमत


TOP