आइतबार , जेठ २६, २०८२

युक्रेनी सर्वसाधारणहरूको एक समूहले रुसबाट हुने आक्रमण रोक्नका लागि भन्दै काठको बन्दूक लिएर अभ्यास गरेका छन् । टेरिटोरियल डिफेन्स फोर्सेस नामक समूहले राजधानी किएभ नजिक बन्द भएको एक कारखानामा युद्धाभ्यास गरेका हुन् ।माइनस ६ डिग्री सेल्सियसमा भेला भएका मानिसहरूले काठबाट बनेको बन्दूकको प्रतिरूप र न्यानो कपडा लगाएर अभ्यास गरेका हुन् ।उनीहरूले कालाश्निकोभ असल्ट राइफलको काठे प्रतिरूप देखाउँदै फायरिङ पोजिसनको अभ्यास गरेका थिए ।

नतालिया नामक ४३ वर्षीया महिलाले भनिन्, ‘मसँग हतियार छैन र सैन्य पोशाक पनि छैन । तर, उनीहरू आउँदैछन् । खतराका बारेमा मलाई जानकारी छ । यो ठूलो जोखिम हो तर म देश र परिवारलाई रक्षा गर्न जुनसुकै काम गर्न पनि तयार छु । हामीमाथि आक्रमण भएमा हत्या गर्न पनि म तयार छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP