सोमबार , अषोज २६, २०८३

विश्व बजारमा तेलको मूल्य वृद्धि हुने क्रम रोकिएको छैन । प्रति ब्यारल कच्चा तेलको मूल्य ९१ डलर कटिसकेको छ । १० दिनमा प्रति ब्यारल ७ डलरले मूल्य वृद्धि भइसकेको छ ।तेल बजारका जानकारहरुले यही दरमा वृद्धि भए अबको एक महिनामा प्रति ब्यारल १०० डलर पुग्ने अनुमान गरेका छन् ।

तेल उत्पादक देशहरुले उत्पादन वृद्धि गर्न मानेका छैनन् । अमेरिकालगायतका देशहरु उत्पादन बढाउन दबाब दिइरहेका छन् ।

युक्रेन संकटले तेल बजारमा असर परेको छ । तेल उत्पादकमध्येको रुससँग अमेरिकाको विवाद युक्रेन संकटले गहिरिएको छ । यमनका हुथी विद्रोहीले युएईमा रकेट हमला गर्नु, लिबियामा तनाब बढ्नुको असर पनि विश्व तेल बजारमा परेको छ ।

तेलको मूल्य निरन्तर उकालो लाग्दा नेपाली अर्थतन्त्र प्रभावित भएको छ । नेपाल आयल निगम मासिक अरबौंको घाटामा परिसकेको छ । मासिक ४ अर्बभन्दा बढी नोक्शानी १० दिन अघि नै खेपिरहेको निगमले पछिल्लो मूल्य वृद्धिले थप घाटा व्यहोर्ने भएको छ ।

विगत वर्षको तुलनामा तेलमै दोब्बर भन्दा बढी रकम विदेशिदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने निश्चित छ । विदेशी मुद्रा बढीभन्दा बढी बाहिरिने अवस्था बनेको छ ।

विदेशी बजारमा कच्चा तेलको मूल्य ८० डलर नपुग्दै निगम घाटामा थियो । अर्कोतर्फ, विदेशी मुद्रा तेल आयातका कारण बढी बाहिरिने अवस्था बनेको थियो । अहिले कच्चा तेलको मूल्य ९१ डलर पुग्दा त्यो अवस्था झन् बढ्न थालेको छ ।

माघको तेस्रो हप्तामा अन्तर्राष्ट्रिय बजारमा निरन्तरको मूल्य वृद्धिले नेपाली बजारमा निगमले तेलको मूल्य वृद्धि गरेपनि १५ दिनमा १ अर्ब ८८ करोड घाटा पर्ने उल्लेख गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP