सोमबार , अषोज २६, २०८३

साताको पहिलो दिन आज सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक १०५.५५ अंकले बढेर २८८५.५३ विन्दूमा पुगेको छ।

दिनभरीमा २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ सेयर किनबेच हुँदा जम्मा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँ ५७ पैसाको कारोबार भएको छ। आज कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। त्यसमध्ये, सबैभन्दा धेरै विकास बैंकको ६.५६ अंक, इनभेस्टमेन्टको ६.३६ अंक र फाइन्यान्सको ६.३४ अंकले बढेको छ।

आज विन नेपाल लगुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी, शिव श्री हाइड्रोपावर कम्पनी र निफ्राको सेयर १० प्रतिशतले बढेको छ। बुद्धभूमी हाइड्रोपावर कम्पनी सेयर आज ९.९९ प्रतिशतले बढेको छ। आज सबैभन्दा धेरै अपी पावर कम्पनीको सेयर कारोबार भएको छ। कम्पनीको २६ करोड १५ लाख १६ हजार १३४ रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको हो।

त्यस्तै, एनटिसीको २३ करोड ६२ लाख ९ हजार ३०८ रुपैयाँ ५० पैसा, हाइड्रो इलेक्ट्रोसिटी इन्भेस्मेन्ट एन्ड डेभ्लप्मेन्टको २३ करोड ३ लाख ९८ हजार ३७६ रुपैयाँ ८० पैसा, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ९६ लाख ३६ हजार ५०१ रुपैयाँ १० पैसा र अपर तामाकोशी हाइड्रोपावरको १४ करोड ११ लाख ७० हजार ३४१ रुपैयाँ ७० पैसाको सेयर कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP