शनिबार , बैसाख ६, २०८२

साताको पहिलो दिन आज सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक १०५.५५ अंकले बढेर २८८५.५३ विन्दूमा पुगेको छ।

दिनभरीमा २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ सेयर किनबेच हुँदा जम्मा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँ ५७ पैसाको कारोबार भएको छ। आज कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। त्यसमध्ये, सबैभन्दा धेरै विकास बैंकको ६.५६ अंक, इनभेस्टमेन्टको ६.३६ अंक र फाइन्यान्सको ६.३४ अंकले बढेको छ।

आज विन नेपाल लगुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी, शिव श्री हाइड्रोपावर कम्पनी र निफ्राको सेयर १० प्रतिशतले बढेको छ। बुद्धभूमी हाइड्रोपावर कम्पनी सेयर आज ९.९९ प्रतिशतले बढेको छ। आज सबैभन्दा धेरै अपी पावर कम्पनीको सेयर कारोबार भएको छ। कम्पनीको २६ करोड १५ लाख १६ हजार १३४ रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको हो।

त्यस्तै, एनटिसीको २३ करोड ६२ लाख ९ हजार ३०८ रुपैयाँ ५० पैसा, हाइड्रो इलेक्ट्रोसिटी इन्भेस्मेन्ट एन्ड डेभ्लप्मेन्टको २३ करोड ३ लाख ९८ हजार ३७६ रुपैयाँ ८० पैसा, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ९६ लाख ३६ हजार ५०१ रुपैयाँ १० पैसा र अपर तामाकोशी हाइड्रोपावरको १४ करोड ११ लाख ७० हजार ३४१ रुपैयाँ ७० पैसाको सेयर कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP