शुक्रबार , भाद्र १२, २०८३

कोरोना संक्रमित भएको अवस्थामा स्वास्थ्य मापदण्डविपरीत बाहिर हिँडेर संक्रमण फैलाएको आरोपमा पूर्वप्रधानमन्त्री केपी ओलीलाई कारबाहीकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ताको तयारी गरिएको छ। नेपाली कांग्रेसको शुभेच्छुक संस्था युथ कंग्रेसका केन्द्रीय सदस्य अभिजित अधिकारी र वीरेन्द्र मडै उजुरीका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेका हुन्।

तर, प्रशासनले उजुरी दर्तामा आनाकानी गरेको उनीहरूको भनाइ छ। ‘हामी दर्ताका लागि प्रशासनमै छौँ। सहायक प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी पेस गरेका थियौँ। तर,यसबारे प्रमुख जिल्ला अधिकारी नआएसम्म दर्ता गर्न मिल्दैन भनिएको छ,’ उजुरीका लागि भक्तपुर प्रशासनमा रहेका अधिकारीले भने, ‘सिडिओसाप बाहिर जानुभएको जानकारी हामीलाई गराइएको छ। हामी उहाँको प्रतीक्षामा छौँ।’

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्मालाई सम्बोधन गरिएको उजुरीमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीको माग गरिएको छ। उजुरीमा गत माघ १२ गते ओली कोभिड संक्रमित हुँदाहुँदै बालकोटमा युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भई अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई संक्रमण फैलाउने कार्य गरेकाले आवश्यक कारबाही गर्न माग गरिएको छ। सिडिओ शर्माले भने आफू कार्यालयमा नरहेकाले यसबारे जानकारी नभएको बताइन् । ‘म कार्यालयबाहिर रहेकाले यसबारे जानकारी छैन,’ उनले भनिन्।

संक्रामक रोग ऐन, २०२० को दफा ३ मा ऐन उल्लंघन गर्नेलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ। ऐनले यसअन्तर्गत कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी दिएको छ।

‘ओलीको उपस्थिति र भाषणले समाजमा कोरोना संक्रमण फैलाउनुका साथसाथै आमजनमानसमा कोरोनाको कहर सामान्य रुघाखोकी मात्र भएको भ्रमित अवस्था सिर्जना गर्न सक्ने भएकोले आवश्यक कारबाही नभएमा अरू कोरोना संक्रमितहरूले समेत कुनै मापदण्ड पालना नगरी आफूलाई आइसोलेट नगरी समाजमा अझ संक्रमण बढाउन सक्ने देखिन्छ,’ उजुरीमा भनिएको छ, ‘तसर्थ, निज केपी ओलीलाई विधिको शासनलाई अनुशरण गर्दै संक्रामक रोग ऐन, २०२० को दफा ३ बमोजिम यथाशीघ्र कारबाही गरिपाऊँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP